पत्र-पत्रिका

इन्टरपोलको रेकर्डमा दुई लाख नेपाली पासपोर्ट

By लोकतन्त्र अनलाईन

November 24, 2019

काठमाडौं  : राहदानी विभागले हराएको दुई लाख छ हजार ८६६ वटा पासपोर्ट इन्टरपोलमा राखेको जनाएको छ। विगत नौ वर्षदेखि हराएका र चोरी भएका नेपाली पासपोर्ट दुरुपयोग रोक्नका लागि इन्टरपोलमा राखेको राहदानी विभागले जनाएको समाचार राजधानी दैनिकमा छ। विभागको तथ्यांकअनुसार नौ वर्षयता ६० लाख राहदानी जारी भएकोमा वार्षिक करिब २३ हजार नेपाली पासपोर्ट हराउने गरेका छन्। विभागको तथ्यांकलाई आधार मान्दा दैनिक ६३ वटा राहदानी हराएको रिपोर्ट विभागमा आउने गर्छन्।