समाज

कामना सेवा विकास बैकका कर्मचारी कुचोलिएर वजारमा

By लोकतन्त्र अनलाईन

September 24, 2019

पर्बत/ संविधान दिवसको अवसरमा स्वच्छ वातावरण हाम्रो अधिकार,सफानेपाल हाम्रो कर्तब्य भन्ने मुल नाराका साथ कामना सेवा विकास वैक ले राष्ट्रब्यापी सरसफाई अभियान गरेको छ सोहि अवसरमा धौलागीरीमा पनि कार्यक्रमको आयोजना गरीएको हो । वैकको सामाजिक उत्तरदायित्व अन्र्तगत धौलागीरी क्षेत्रमा रहेका चारवटा शाखाका कर्मचारीहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको कार्यक्रमका संयोजक टंकनाथ लामिछाने ले वताउनु भयो । प्रगतिको आधार कामना सेवा संग कारोवार भन्ने मुल नाराका साथ अगाडी वडेको वैकले धौलागीरीको वाग्लुङ्गवजारमा आश्विन २ गते विहान नगर सरसफई कार्यक्रम सम्पन्न गरेको हो । हाल धौलागीरी क्षेत्रमा पर्वतको कुश्मा,डिमुवा म्यादीको वेनि तथा वाग्लुङ्गको गलकोट शाखावाट सेवा प्रदान गर्दै अईरहेको शाखा संजाल ९९ वटापुगेको छ, वैकले निकट भवियमानै वाग्लुङ्ग वजारमा शाखा विस्तारको तयारीमा रहेको र सोहि आनुरुप वाग्लुङ्ग मा कार्यक्रमको आयोजना गरीएको वताएको छ । वैकमा सधै सफा सुध्घर भइ यसी मा वस्ने कर्मचारीहरु कुचो लिएर सडकमा उत्रिदा वाग्लुङ्गवासी अचम्मीत थिए । वजारवासीले वैकको वारेमा जिज्ञाशा समेत राखेका थिए । कुश्मा शाखाका प्रवन्धक टंकनाथ लामिछानेको संयोजकत्वमा संचालित कार्यक्रम मा डीमुवा शाखाका प्रमुख ध्रुव पौडेल, वेनि शखाका प्रमुख सुदीप क्षेत्री तथा गलकोट शाखाको नि. पमुख रिता खडकाले मन्तब्य राख्नुभएको थियो भने कार्यक्रमको संचालन कुश्मा शाखाका रिलेसन सिपमेनेजर किसोर तिमिल्सीना लेगर्नुभएको थियो ।