प्रमुख समाचार

पर्वतको धाईरिङ्गमा रहेको फर्से धाईरिङ्ग विद्यालयमा बन्यो ६० लाखको चार कोठे भवन

By लोकतन्त्र अनलाईन

September 24, 2019

पर्वत– उत्तरी पर्वतको जलजला गाउँपालिका वडा नं. ७ धाईरिङ्गमा रहेको फर्से धाईरिङ्ग माविको चार कोठे पक्की भवनको उद्घाटन गरिएको छ । ७२ सालको भुकम्पपछि भत्किएको भवन पुर्ननिर्माण भएसँगै सोमवार सांसद पदम गिरीले उद्घाटन गर्नुभएको हो । भुकम्प पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई शिक्षा पर्वतको ३१ लाख ५० हजार, जलजला गाउँपालिका वडा नं. ७ को ७ लाख ५५ हजार, कालीगण्डकी करिडोरको चार लाख, र आन्तरिक श्रोत १७ लाख ४० हजार रुपैया गरी ६० लाख ४५ हजार रुपैयाको लागतमा भवन निर्माण सम्पन्न भएको हो । भवनको उद्घाटन गर्दै सांसद गिरीले अब कुनैपनि विद्यार्थी असुरक्षित भवनमा बसेर पढ्नु नपर्ने बताउँदै सवै सवै विद्यालयहरु भुकम्प प्रतिरोधी बनाउन सरकार लागिपरेको बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मनोहर बी पौडेल, प्रमुख जिल्ला अधिकारी कल्पना घिमीरे नेपाल, शिक्षा इर्काइ प्रमुख उद्धिम राज पौडेल, जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) का प्रमुख युक्तप्रसाद शर्मा, जलजला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा, वडा अध्यक्ष टुंगनाथ शर्मा, नेकपा नेता दिपक आचार्य लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हरी पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन लक्ष्मीप्रसाद आचार्य र स्वागत आकृति सुवेदीले गरेकी थिइन । लगायतले बोल्नुभएको थियो ।