प्रमुख समाचार

पर्वतको फलेवासमा नेकपा नेता पाध्याको श्रद्धाञ्जली सभा सम्पन्न

By लोकतन्त्र अनलाईन

August 24, 2019

पर्वत–पर्वतको फलेवास नगरपालिका वडा नं. ६ देविस्थानमा शनिवार श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेकपाका नेता स्वर्गिय देविराम पाध्याको निधन भएको १३ औँ दिनको पुण्य तिथिको अवसरमा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै नेकपाका प्रदेश कमिटि सदस्य देबेन्द्रराज पाण्डेले पाध्याको निधनले नेकपा पार्टीलाई ठूलो क्षति पुगेको बताउनुभयो । उहाँले पार्टीलाई जीवन्त बनाईराख्नका लागि उहाँहरुको योगदान महत्वपुर्ण रहेको बताउँदै पाध्याले नेकपामा लागेर गरेको योगदानको पार्टीले सँधै स्मरण गरिरहने बताउनुभयो । कार्यक्रममा नेकपाका जिल्ला कमिटि सदस्य उपेन्द्र थापा, नेकपा फलेवास नगरकमिटिका अध्यक्ष पिताम्वर घिमीरे, युवा नेता तथा उद्योग, पर्यटन वन तथा वातारण मन्त्री विकास लम्सालका स्वकीय सचिब किशोर सापकोटा, युवा संघ पर्वतका सहसचिब ढाकाराम सापकोटा, अनेमसंघ फलेवासका अध्यक्ष रमा भुसाल लगायतले बोल्नुभएको थियो । २००५ सालमा जन्मिनुभएका देविराम पाध्याको गत साउन २७ गते मृत्यु भएको थियो ।