पर्वत / प्रहरीलाई जनताका बिचमा प्रत्यक्ष रुपमा जोड्न समुदाय र साझेदारी कार्यक्रम प्रभावकारी सावित भएको धारणा पर्वतमा आयोजित एक कार्यक्रमका बत्ताहरुले बताएका छन । समुदाय साझेदारी कार्यक्रम अन्र्तगत पर्वत उद्योग बाणिज्य संघले सोमबार आयोजना गरेको जिल्लाको समग्र सुरक्षा ब्यबस्था बिषयक अन्तरकृया कार्यक्रमका सहभागीहरुले समुदाय र प्रहरी टाढिँदै जाने खतरा रहेको बेला कार्यक्रमले प्रत्यक्ष रुपमा जोड्न सफल भएको धारणा राखेका हुन । प्रतिनिधीसभाका सदस्य पदम गिरी, जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बिश्वकर्मा पौडेल, कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, गण्डकी प्रदेश प्रहरी प्रमुख बिनोद शर्मा घिमिरे लगायतको उपस्थितिमा भएको अन्तरकृयामा समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई अझै समुदायका बिचमा लैजान जरुरी रहेको कुरामा सहभागीहरुले जोड दिएका थिए । शान्ति सुरक्षा कायम गर्ने, अपराध न्युनिकरण गर्ने र समाजका बिकृती बिसंगतिहरुका बिरुद्ध सामुहिक अभियान सञ्चालन गर्ने काममा अभियान सफल भएको धारणा राखिएको थियो । कार्यक्रममा सहभागीहरुले लागु औषध दुब्र्यसन, मदिराको अब्यबस्थित उत्पादन र बिक्री बितरण, घरेलुहिंसा, प्राकृतिक स्रोत साधनको दोहन रोक्नका लागि समुदाय र प्रहरीले सहकार्य गर्नुपर्ने कुरामा पनि जोड दिएका थिए ।
कार्यक्रममा बोल्दै प्रतिनिधीसभाका सदस्य पदम गिरीले शान्ति सुरक्षा र अमनचयन गर्ने क्रममा प्रहरीलाई निर्वाह रुपमा काम गर्न दिनुपर्ने कुरामा जोड दिनुभयो । उहाँले अपराधी कसैका पनि हुन नसक्ने भन्दै सत्तापक्ष वा प्रतिपक्ष कसैले पनि प्रहरीको काममा हस्तक्षेप गर्न हुँदैन भन्नुभयो । ‘अपराधी कसैका होइनन र हुनपनि सक्दैनन ’ उहाँले भन्नुभयो ‘अपराधिक मनोबृत्तिलाई निरुत्साहित गर्न पनि अपराधीलाई काबार्ही गर्नुपर्छ’ जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बिश्वकर्मा पौडेलले पर्वत जिल्लामा समुदाय साझेदारी कार्यक्रम पछि समुदाय र प्रहरी मिलेर धेरै सुधारका काम गर्न सफल भएको बताउँदै समस्याहरु समाधानका लागि सहकार्य नै उत्तम बिकल्प हो भन्नुभयो । कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले कुस्मा नगरपालिका भित्र शान्ति सुरक्षा कायम गर्ने कुरामा प्रहरी संग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताउनुभयो। उहाँले घरेलु मदिरा उत्पादन बन्द गर्नुभन्दा यसलाई ब्रान्डिङ्ग गरेर अन्तराष्ट्रिय बजारमा लैजानुपर्छ भन्नुभयो । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक बिनोद शर्मा घिमिरेले संगठित अपराधका बिरुद्ध बिवेक संगत ढंगले प्रहरी निर्मम बन्छ भन्नुभयो । समाजमा हुने हरेक खालका संगठित अपराध निमलु गर्न प्रहरीलाई समुदायले पनि सहयोग गर्नुपर्छ भन्नुभयो । उहाँले समुदाय साझेदारी कार्यक्रमले प्रहरीलाई समुदायका बिचमा प्रत्यक्ष पु¥याउने काम गरेको छ भन्नुभयो । लागु औषध, घरेलु हिंसा, चोरी डकैती, बालबिबाह जस्ता समस्या प्रहरीले मात्रै नियन्त्रण गर्न संभब हुँदैन उहाँले भन्नुभयो ‘यसलाई नियन्त्रण गर्न समुदाय र प्रहरीले हातेमालो गर्नैपर्छ’ सहभागीहरुले उठाएका प्रश्नहरुको जवाफ दिदै घिमिरेले गुणस्तरीय सिसीक्यामेरा राख्ने, सडक बत्ती ब्यबस्थित गर्दा पनि धेरै अपराधका घटनाहरु स्वतः घटने बताउँदै चोरीका घटना र होटलहरुमा हुने गलत धन्दा रोक्न पर्वत प्रहरीलाई निर्देशन पनि दिनुभयो ।
पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माको अध्यक्षतामा भएको अन्तरकृया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल र पर्वतका प्रहरी प्रमुख डिएसपी श्यामु अर्यालले पर्वतको शान्ति सुरक्षाको अबस्था र समुदाय साझेदारी कार्यक्रमबारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा नेकपाका जिल्ला नेता भक्त कुवँर, नेपाली कांग्रेसका जिल्ला सदस्य डा. चुडामणी शर्मा, सामुदायिक सेवा समाज पर्वतका अध्यक्ष शिब सुबेदी, पर्वत उद्योग बाणिज्य संघका उद्योग उपाध्यक्ष ठाकुर बि पौडेल, महासचिब गणेश लामिछाने लगायत बिभिन्न संघका प्रमुख, सामाजिक अगुवा, ब्यबसायी र सर्वसाधरणले शान्ति सुरक्षा कायम गर्न प्रहरी र समुदायको भूमिकाका बिषयमा आफ्ना धारणा राखेका थिए । उनीहरुले घरेलु मदिरा नियन्त्रण र मदिरा बिक्री बितरण ब्यबस्थित गर्नुपर्ने, घरेलु हिंसा, महिला हिंसा नियन्त्रण, चोरी, नदी दोहन नियन्त्रण लगायतका बिषयमा सुझाब समेत दिएका थिए । उक्त अवसरमा पर्वतको फलेबास नगरपालिका वडा ४ स्थायी घर भएका डिआईजी घिमिरेलाई पर्वत उद्योग बाणिज्य संघको तर्फबाट स्वागत तथा सम्मान समेत गरिएको थियो ।