प्रमुख समाचार

पर्वतका साहित्यकार शुन्दरप्रसाद जोशीको ‘मुक्तिनाथधामदेखि युरोपसम्म’ बिमोचन

By लोकतन्त्र अनलाईन

June 23, 2019

पर्वत–पर्वत साहित्य सङ्गमको आयोजनामा पुस्तक विमोचन कार्यक्रम सम्पन्न भयो । सङ्गमका कार्यसमिति सदस्य सुन्दरप्रसाद जोशी ‘बादल’ को यात्रा संस्मरणमा आधारित कृति ‘मुक्तिनाथधामदेखि युरोपसम्म’ को प्राध्यापक डा. कुशुमाकर न्यौपानेले विमोचन गर्नुभएको हो । पुस्तकको समीक्षा उपप्राध्यापक डा. जगन्नाथ रेग्मी र उपप्राध्यापक बोधराज ढकालले गर्नुभएको थियो । कार्यक्रममा कृतिकार सुन्दरप्रसाद जोशी ‘बादल’ ले कृति सिर्जनाको पृष्ठभूमिका बारेमा बोल्नुभएको थियो भने म्याग्दीका साहित्यकार ध्रुबलाल शर्मा, बागलुङका काजी रोशन, पर्वतका शान्तिनारायण श्रेष्ठ र नागरिक समाज सञ्जाल पर्वतका संयोजक मानकुमारी गिरीले शुभकामना मन्तव्य राख्नुभएको थियो । पर्वत साहित्य सङ्गमका निवर्तमान अध्यक्ष इन्द्रमान खत्रीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको अध्यक्षता सङ्गमका अध्यक्ष राजेन्द्र पहाडीले र कार्यक्रम सञ्चालन सचिव खेमराज शर्माले गर्नुभएको थियो ।विमोचन कार्यक्रममा पर्वत जिल्लाका विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिसहित साहित्यकार तथा पत्रकारहरुको उपस्थिति रहेको थियो भने म्याग्दीका साहित्यकारहरु भक्त कार्की, अजयमिलन श्रेष्ठ धनञ्जय श्रेष्ठ, कृष्ण बानिया, गणनाथ पौडेललगायतको सहभागिता रहेको थियो । सङ्गमका संरक्षक इन्द्रकुमार विकल्पले अतिथिहरुलाई संस्थाको तर्फबाट मायाको चिनो प्रदान गर्नुभएको थियो ।