अर्थ/बाणिज्य

पर्वतको कुश्मामा केन्द्रीय कार्यालय रहेको जनसेवी लघुवित्तले ४ लाख ३० हजार कित्ता आईपिओ निष्कासन गर्ने

By लोकतन्त्र अनलाईन

April 23, 2019

पर्वत- जनसेवी लघुवित्तल संस्थाले ४ करोड ६३ लाख ३० हजार रुपैयाँ बराबरको ४ लाख ३० हजार ६३० कित्ता आईपिओ निष्काशन गर्ने भएको छ । धितोपत्र बोर्डले जनसेवीलाई उक्त परिमाणको आईपिओ निष्काशन गर्न अनुमति दिएको छ ।

लघुवित्तको जारी पूँजी १४ करोड ४३ लाख रुपैयाँ रहेको छ । जसमध्ये ९ करोड ८० लाख संस्थापकले हालेका छन् भने आईपिओमार्फत ४ करोड ६३ लाख संकलन गर्नेछ । आइपिओपछि कम्पनीको चुक्तापूँजी १४ करोड ४३ लाखको उचाईमा पुग्नेछ ।  इक्रा नेपालले कम्पनीको आईपिओलाई ग्रेड ४ को रेटिंग दिएको हो । यसले कम्पनीको आधारभूत पक्ष औसत भन्दा कमजोर रहेको बुझाउछ । कम्पनीले शेयर निष्काशनको लागि एनएमबि क्यापिटल लिमिटेडलाई बिक्रि प्रबन्धक छनौट गरिसकेकोे छ । २०७२ कार्तिक २२ गते पर्वत जिल्लाको कुस्माबाट कारोवार सञ्चालन सुरु गरेको कम्पनीको पर्वत, बाग्लुङ्ग, म्याग्दी, गुल्मी, रुकुम, रोल्पा, कास्की, तनहूँ, लम्जुङ्ग र गोर्खा गरी १० जिल्ला कार्यक्षेत्र रहेको छ ।