प्रमुख समाचार

वस दुर्घटनामा पर्वतको पाङका दुई सहित ६ घाईते

By लोकतन्त्र अनलाईन

April 23, 2019

पर्वत। तनहुँको शुक्लागण्डकी नगरपालिका ७ सेराटारमा यात्रुबहाक बस दुर्घटना भएको छ । सुनौलीबाट पोखरा आउँदै गरेको यात्रुवाहक बस गए राति २ बजे पृथ्वीराजमार्गअन्तर्गत तनहुँमा दुर्घटना हुँदा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । ना५ख ५३३० नम्बरको बस अनियन्त्रित हुदाँ सडकबाट ५ फिट तल खसेको थियो । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार घाइते हुनेमा भारत उत्तर प्रदेश घर भई हाल बागलुङ काठेखोला गाउँपालिका–४ बस्ने ५४ वर्षीय मुनिराम मोहरिया, निजकी श्रीमती ४८ वर्षीया कञ्चन मोहरिया, म्याग्दी अन्नपूर्ण गाउँपालिका–१ बस्ने ३० वर्षीया धनकुमार परियार, कपिलवस्तु नगरपालिका–९ बस्ने ३९ वर्षीय रेशम शाह, पर्वत कुश्मा नगरपालिका–१ बस्ने ३६ वर्षीय हरिबहादुर छन्त्याल र सोही ठाउँका १० वर्षीय रवि परियार रहेका छन् ।घाइतेहरुको जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र,बेलचौतारामा उपचार भइरहेको छ । दुर्घटना लगत्तै फरार रहेका चालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । बसमा ३५ देखी ४० जना यात्रु सवार रहेको प्रहरीले जानकारी दिएको छ ।