प्रमुख समाचार

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाद्धारा मणिपाल शिक्षण अस्पताल पोखरामा पुगेर मालढुंगा दुर्घटनाका घाईतेसँग भेटघाट

By लोकतन्त्र अनलाईन

January 23, 2019

पर्वत– राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले मालढुंगा बस दुघर्टनाका घाईतेहरूलाई मणिपाल शिक्षण अस्पताल पोखरामा पुगेर भेट्नुभएको छ । मणिपालमा रहेका १० जना घाईतेको स्वास्थ अबस्थाका बारेमा उहाँले जानकारी लिनुभएको हो । सो अवसरमा अध्यक्ष तिमिल्सिनाले घाईतेको उपचार राम्रोसंग गर्न अस्पताल ब्यबस्थापनलाई निर्देशन समेत दिनुभएको थियो । अस्पतालमा उपचार गराईरहेका घाईते र उपचारका बारेमा डा बिजयी सिङग्गेले जानकारी दिनुभयो । उपचारका लागि लगिएका २३ जना बिरामी मध्ये अन्य १३ जना घाईते भने उपचारपछि घर फर्केका छन । घाईतेहरुको अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ । म्याग्दीको बेनीदेखि यहि माघ तीन गते विहान नारायणगढ तर्फ जाँदै गरेको वस पर्वतको मालढुंगामा दुर्घटनामा पर्दा सात जनाको मृत्यु र ३२ जना घाईते भएका थिए । घाईते मध्ये ९ जनाको काठामाण्डौमा उपचार भैरहेको छ ।