प्रमुख समाचार

पर्वतको कुर्घामा डेढ वर्षिय बालकको गोवरग्याँसको खाडलमा डुवेर मृत्यु

By लोकतन्त्र अनलाईन

September 23, 2019

पर्वत– पर्वत जिल्लाको फलेवास नगरपालिका वडा नं. १० कुर्घामा आफ्नै घरमा रहेको गोवरग्याँसको खाडलमा डुवेर डेढ वर्षिय बालकको ज्यान गएको छ । स्थानीय प्रीति नेपालीका १८ महिनाका छोरा रेगम नेपालीको सोमवार विहान ८ बजे डुवेर मृत्यु भएको हो । खाडलको पानीमा तैरीएको अवस्थामा भेटिएका बालकलाई फलेवासमा रहेको धुलीखेल अस्पतालमा पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । मृतक बालकको शब अहिले पोष्टमार्टमका लागि जिल्ला अस्पताल पर्वतमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक राजन रायमाझीले जानकारी दिए । आमाबाबु कोहि नभएका बेला विहान आँगनमा खेलिरहेको बच्चा अचानक नजिकै रहेको गोवरग्याँसको ओभरफ्लो खाँडलमा खसेका थिए । घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।