पत्र-पत्रिका

बागलुङको बलेवामा सडक निर्माणमा चरम अनियमितता, नाम उपभोक्ता-काम ठेक्का

By लोकतन्त्र अनलाईन

September 23, 2019

उपभोक्ता समितिले काम गर्दा २० प्रतिशत श्रमदान जुटाउनुपर्थ्यो । तर ठेकेदारले सबै काम गरे । काम सकिंदा ठेकेदारले लागतभन्दा बढी रकम मागे । ६० लाख रुपैयाँ मागिएको उक्त आयोजनाको अन्तिम किस्ता भुक्तानी रोकिएको छ । लागत स्टिमेटभन्दा बढीको बिल भरपाई आएपछि जनप्रतिनिधिकै विरोधले भुक्तानी रोकिएको हो ।