प्रमुख समाचार

पर्वतको कुश्मामा पाँचथरमा हत्या गरिएकी वित्तिय संस्थाकी कर्मचारीको स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न

By लोकतन्त्र अनलाईन

June 22, 2019

पर्वत– पाँचथरमा हत्या गरिएकी एक युवतीको स्मृतिमा पर्वतको कुश्मामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । वित्तिय संस्थाहरुमा कार्यरत कर्मचारीहरुको आयोजनामा पर्वत सदरमुकाम कुश्माबजारमा श्रद्धाञ्जली सभा गरिएको हो । एनएमवी माईक्रोफाईनान्स वित्तिय संस्थाको पाँचथर शाखामा कार्यरत सुजता तामाङको असार तीन गत साँझ हत्या भएको थियो । तामाङको मृत्यु भएको पाँचौ दिनको पुण्य तिथिको अवसरमा दिप प्रज्वलन तथा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो । एनएमवी माईक्रोफाईनान्स वित्तिय संस्था लिमिटेड पर्वत शाखा लगायत सम्पुर्ण वित्तिय संस्थामा कार्यरत कर्मचारीहरुको उपस्थिति रहेको श्रद्धाञ्जली सभामा उपस्थित भएकाहरुले हत्यारालाई कडा भन्दा कडा सजाय दिन आग्रह गर्दै मृतात्माप्रति चिर शान्तिको कामना समेत गरेका थिए । उनिहरुले वित्तिय क्षेत्रमा काम गर्ने कर्मचारीहरुको पुर्ण सुरक्षाको ग्यारेण्टी गर्नुपर्ने बताएका थिए । कार्यक्रममा एनएमवी फाईनान्सका शाखा प्रमुख प्रकाश पंगिनी लगायतले शोक मन्तव्य ब्यक्त गरेका थिए । कार्यक्रमको संचालन सरोज अधिकारीले गरेको अरुण शर्माले जानकारी दिए ।