अर्थ/बाणिज्य

पर्वतको महाशीला गाउँपालिकाको छैटो गाउँसभा भोली, आगामी आवको बजेट तथा कार्यक्रम सार्वजनिक गरिँदै

By लोकतन्त्र अनलाईन

June 22, 2019

पर्वत–पर्वतको महाशीला गाउँपालिकाले भोली आईतवार आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । आइतवार आयोजना गरिएको गाउँपालिकाको छैटौ गाउँसभाबाट झण्डै ३५ करोड बराबरको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको हो । जिल्लाका सातवटा गाउँ पालिका मध्ये पहिलोपटक आगामी आर्थिक वर्षको बजेट महाशीलाले सार्वजनिक गर्दै छ । जिल्लामै नमुना काम गर्दै आएको उक्त महाशीलाले यस अघि गाउँ र टोल टोलमा पुगेर योजनाहरु संकलन गरेको थियो । ६ वटै वडाबाट संकलन गरिएका योजनाहरुलाई एकीकृत गरी दिर्घकालीन महत्वका योजनाहरुलाई आगामी बजेटमा समावेश गरिएको गाउँपालिकाका अध्यक्ष राजु पौडेलले जानकारी दिनुभयो । भोली विहान ११ बजे आयोजना गरिएको गाउँसभामा गाउँपालिकाका सवै जनप्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी र संघ संस्थाहरुको सहभागिता रहने गाउँपालिकाका प्रवक्ता जीवन विक्रम उच्चैले जानकारी दिनुभयो ।