प्रमुख समाचार

पर्वत प्रहरीद्धारा कुश्माबजारका अवैध गाँजाका बोट फडानी

By लोकतन्त्र अनलाईन

June 22, 2019

कुश्मा । लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध सप्ताहव्यापी कार्यक्रम जारी रहेका बेला पर्वतको कुश्मामा अबैध रुपमा उम्रिएका गाँजाका बोट नष्ट गरिएको छ । पर्वतको कुश्माबजार स्थित कुश्मा नगरपालिका वडा नं. ४ र ५ का विभिन्न क्षेत्रमा उम्रिएका लागु औषध जन्य अन्दाजी ४ सय ५० गाँजाका वोटहरु नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्रहरी निरीक्षक राजन रायमाझीको कमाण्डमा खटिएको प्रहरी टोली र जिल्ला स्थित सशस्त्र प्रहरी बलको टोली तथा स्थानीय व्यक्तीहरु गरी अन्दाजी ३० जनाको उपस्थितीमा उक्त गाँजाका वोटहरु नष्ट गरिएको हो । सो अवसरमा लागु औषध जन्य वस्तुहरुले समाजमा नराम्रो असर परिरहेको र जिल्लाका अन्य स्थानहरुमा समेत प्राकृतिक रुपमा उम्रिएका गाँजा तथा लागु औषध जन्य वस्तुहरुलाई तिव्रताका साथ नष्ट गरिने समेत जानकारी गराईएको थियो ।