प्रमुख समाचार

विराट गुप्तेश्वर कोटीहोम:सातौ दिन सम्म २ करोड ५० लाख संकलन

By लोकतन्त्र अनलाईन

May 22, 2019

पर्वत– जेठ १ देखि संचालन भएको विराट गुप्तेश्वर कोटीहोम महायज्ञ मेलाको सातौ दिन पनि भक्तजनहरुको उल्लेख्य सहभागिता भएको छ । कूश्मा नगरपालिका वडा नं ४ गुप्तेश्रर परिसरमा संचालन भएको यज्ञको सातौ दिनका गतिविधिहरुको कूश्मा नगरपालिकाका प्रमूख रामचन्द्र जोशीले शुभारम्भ गर्नु भयो । उहांले तागाधारीहरुको पूरानो सनातन हिन्दू धर्म भएकाले यस्को संरक्षण र परिमार्जन गर्नु आजको आवश्यकता रहेको वताउनू भयो । सनातन वैधिक विधि अनूरुप धर्म संस्कृती,परम्परा चलेको हुनाले नेपाली समाज सभ्य र सुसंस्कृत रहेको धारणा राख्नू भयो । पर्वत जिल्लाको सदरमूकाम कूश्मा वजारमा अवस्थित विशाल कार्य लिएर सम्पन्न हून गईरहेको यस कोटीहोममा कूश्मा नगरपालिकाको तर्फवाट पूर्ण सहयोग गर्ने वचन दिनूभयो । कूश्मा नगरको केन्द्र भएका कारण पनि यसलाई धार्मिक हवको रुपमा विकास गर्न नगरपालिका लाग्ने वताउदै,नगरभित्र अवस्थित,गुप्तेश्रर,अलपेश्रर,सहस्रधारा,भुवनेश्ररी गुफा लगायत धार्मीक पर्यटन संग संवन्धित सवै क्षेत्रको विकास गर्ने वताउनू भयो । उहांले व्यक्तिगत रुपमा १ लाख जम्मा गरेर शिवपार्वतीको मुर्तिस्थापनाका लागी संस्थापक वन्ने घोषणा गरि सक्नू भएको छ ।आज पनि भक्तजनको उपस्थितिले धार्मिक स्थलहरुको प्रवर्धन र त्यस संग सम्वन्धित पर्यटकहरुलाई आकर्षित गर्न तथा कोटीहोमले राखेका उद्धेश्य पूरा गर्नका लागी थप वल पूगेको मूल संयोजक पृथ्वी नारायण शर्माले वताउनू भयो ।त्यसै गरि १०८ शिवलिड्ग निर्माणका लागी ६५ जनाले रु ५१ हजार र ज्यार्तिरलिड्ग स्थापनाका लागी कूश्मा नगरपालिका वडा नं. ४ निवासी कृष्ण वहादूर जोशीले ५ लाख जम्मा गर्ने घोषणा गरेको पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष तथा महायज्ञका वरिष्ठ उपाध्यक्ष केदारनाथ शर्माले जानकारी गराउनु भयो ।शिव पार्वतीको मुर्ति स्थापनाका लागी रु १ लाख जम्मा गरेर संस्थापक वन्ने तथा तुलादान,यज्ञसफल पार्नका लागी भक्तजनहरुले गरेको सहयोग रकम सातौं दिन सम्म २ करोड ५० लाख संकलन भएको प्रचार प्रसार समितिका संयोजक मोहन आचार्यले वताउनू भयो ।  २ करोड नगद र ५० लाख वरावरको जग्गा प्राप्त भएको तथा सातौ दिन सम्म ७६ लाख होमन भएको मूल आयोजक समितिका कोषाध्यक्ष कमलनाथ पोख्रेलले वताउनू भयो । आगामी जेठ ११ गते सम्म संचालन हूने यज्ञमा भोली आठौं दिन झाकी सहित कथावाचन हुने आयोजक समितिका महासचिव अच्यूत तिवारीले जानकारी दिनू भयो।