प्रमुख समाचार

राजतन्त्र ब्‍यूत्याउने सपना, सपना मात्रै’ : प्रधानमन्त्री

By लोकतन्त्र अनलाईन

April 22, 2019

काठमाडौं : प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्र ब्‍यूत्याउने प्रयास नखोज्न आग्रह गरेका छन्। नेपाल कम्युनिष्ट पार्टीको ७० औँ वार्षिकउत्सवमा प्रधानमन्त्री ओलीले राजतन्त्र व्यूँताउने सपना सपनामात्रै रहने बता प्रतिक्रिया दिए। ‘अब यो मुलुकमा राजतन्त्र व्यूँताउने सपना नदेख्न म साथीहरुलाई आग्रह गर्दछु’ ओलीले भने ‘ हामीले राणाविरुद्ध, राजाकाविरुद्ध, पञ्‍चायतका विरुद्ध लड्यौं, असमानताविरुद्ध, थिचोमिचो र शोषणकाविरुद्ध लडेर आज सही ठाउँमा आएका छौं।” प्रधानमन्त्री ओलीले दुई पार्टीबीचको एकीकरण पछि बनेको संसदको ठूलो दल नेकपाले राष्ट्रियतको रक्षा गर्दै राष्ट्रियताको आन्दोलनलाई उचाइमा पुर्‍याएको दाबीसमेत गरे । ‘‘यो पार्टीले राष्ट्रियताको रक्षा, राष्ट्रियताको आन्दोलनलाई ठिक उचाईमा पुर्‍याएको छ। यसैले लोकतन्त्रका निम्ति संघर्षपूर्ण बलिदानी गरेको छ । मुलुकबाट निरंकुशतन्त्र, सामन्तीतन्तलाई फालेर लोकतनत्रमा पुर्‍याएको छ,’’ प्रधानमन्त्री ओलीले भने ।