प्रमुख समाचार

साहित्यकार भुसालले गरे पुरस्कार पाएको रकम विद्यालयलमा सहयोग

By लोकतन्त्र अनलाईन

February 22, 2019

पर्वत- साहित्यकार दिनेश भुसालले पुरस्कार स्वरुप पाएको रकम विद्यालयमा सहयोग गरेका छन् । साहित्यकार भुसालले लेखेको कृति परदेशमा झरेको फूललाई हेम-सरस्वती साहित्य प्रतिष्ठानले पुरस्कृत गरेको थियो । शिक्षण पेसामा समेत आवद्ध रहेका भुसालले आफूले शिक्षण सुरु गरेको विद्यालय गोर्ल्याङधाम आधारभूत विद्यालय महाशिला गाउँपालिका वडा नम्बर १ होश्राङ्दी जम्पुरमा सहयोग गरेका हुन् । पुरस्कार स्वरुप पाएको रकम मध्य ५००० हजार बराबरको रकम विद्यालयमा अनिता स्मृति अक्षयकोष स्थापना गर्नको लागि प्रदान गरेका हुन् । आफ्नी स्वर्गीय दिदी अनिता भुसालको स्मृतिमा स्थापना गरेको रकमको ब्याज विद्यालयमा अध्ययनरत जेहन्दार तथा गरीब विद्यार्थीलाई वार्षिक रूपमा छात्रवृत्तिको रूपमा प्रदान गर्ने गरी विद्यालयमा रकम सहयोग गरेको बताएका छन् । अक्षयकोषको रकम बिस्तारै बढाउने जानकारी दिदै साहित्यकार भुसालले भने, “सहयोग रकम थोरै धेरै भन्दा पनि कुन कुरामा सहयोग गरिएको छ मुख्य कुरा हो । दुर्गम ठाउँको नमुना विद्यालयको रूपमा आफ्नो पहिचान बनाएको गोर्ल्याङधाम आधारभूत विद्यालयमा सहयोग गर्न पाउदा धेरै खुसी लागेको भुसाल बताउछन । मेरो सिर्जनालाई हेम- सरस्वती साहित्य प्रतिष्ठानले सम्मान गर्यो र मैले पनि पुरस्कार स्वरुप पाएको रकम राम्रो कामको लागि खर्च गर्नुपर्छ भनेर विद्यालयमा अक्षयकोष स्थापना गरेको बताउदै पुरस्कार बापतको बाकी रकम पनि यस्तै यस्तै काममा खर्च गर्ने साहित्यकार भुसालको भनाइ रहेको छ ।