प्रमुख समाचार

पर्वतको कुश्माबजारबाट पाँच जुवाडे १६ हजार नगदसहित पक्राउ

By लोकतन्त्र अनलाईन

October 22, 2019

पर्वत । तिहार लगायत चाडबाडमा जुवातास बढ्ने भएकाले प्रहरीले निगरानी बढाएको छ । होटल तथा घरहरुमा तास खेल्ने समूह खोज्न प्रहरीले सादा पोशाकमा प्रहरी परिचालन गरेको छ । तिहारमा तास खेल्नेलाई निरुत्साहित गर्न प्रहरीले विशेष अभियान नै थालेको हो । यसक्रममा सोमवार दिउँसो कुश्मा नगरपालिका वडा नं. ४ जिरो स्थित चालिसे होटलमा जुवा (तास) खेली रहेको अवस्थामा पाँच जनालाई प्रहरीले पक्रिएको छ । बिशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीको बिशेष टोलिले नगद रू.१६ हजार ३५२ सहित ३ बुक तास र जुवा खेल्न प्रयोग गरिएको गलैचा सहित पक्राउ गरिएको छ । पक्राउ पर्नेहरुमा वडा नं. ४ बस्ने ३४ वर्षिय सन्तु क्षेत्री, ५० वर्षिया लिला पुन, ४७ वर्षिय होम पुन, ४० वर्षिय हरि क्षेत्री, २८ वर्षिय सुनिल गिरी रहेका छन् । पक्राउ परेका व्यक्तीहरुलाई जुवा खेल्न वा सट्टावाजी गर्न नहुने कसुर अन्तरगत मुद्धा दर्ता गरी जिल्ला प्रशासन कार्यालय पर्वतवाट १० दिनकोे म्याद थप गरी अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।