प्रमुख समाचार

प्रगतिशील लेखक संघको ६८ औं स्थापना दिवस, पर्वतमा बहस कार्यक्रम सम्पन्न

By लोकतन्त्र अनलाईन

September 22, 2019

पर्वत– प्रगतिशिल लेखक संघको ६८ औं स्थापना दिवसका अवसरमा पर्वतमा राष्ट्र निर्माणमा श्रष्टाको भुमिका विषयक बहस कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै वक्ताहरुले राज्यलाई सहि मार्गमा डो¥याउनका लागि स्रष्टाहरुकामे भूमिका महत्वपुर्ण हुने बताएका छन् । नेतृत्व तहलाई सुझाव दिन र सहि दिशामा हिडाउनका लागि विचार, लेख र नयाँ सिंद्धाहरुको ठुलो भूमिका रहने बताउँदै उनिहरुको बिचार र भावनालाई समट्नु्पर्नेमा जोड दिएका छन् । बहस कार्यक्रममा राजनीतिज्ञ तथा शिक्षासेवी वसन्त बहादुर सिके र सामाजिक अभियन्ता गोबिन्द पहाडी प्रमुख वक्ताको रुपमा रहनुभएको थिाये । उहाँहरुले राष्ट्र निर्माणमा श्रष्टाको भुमिकाको बिषयमा आफ्ना धारणा राख्दै स्रष्टाहरु विभिन्न विषयहरुका ज्ञाता हुने भएकाले पनि राष्ट्रनिर्माणमा समाहित गराउनुपर्ने बताउनुभयो । उनीहरुका विचार र अनुभवनबाट विभिन्न कुराहरुको सिर्जना गर्न सकिने वक्ताहरुको जोड रहेको थियो । पछिल्लो युवा पुस्तामा अध्ययनशिलतामा कमी आउन थालेको, खोज तथा अनुसन्धानप्रति आकर्षण बढ्न नसेकेको बताउँदै प्रविधिको प्रयोगलाई पनि स्रष्टाहरुले ध्यान दिनुपर्ने उहाँहले बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिती पर्वतका प्रमुख मनोहर बिश्वकर्मा पौडेलनेकपा नेता मेघनाथ सुबेदी, पर्वत साहित्य संगमका अध्यक्ष राजेन्द्र पहाडी, पर्वत जेसिजका अध्यक्ष मोहन आचार्य लगायतले बोल्नुभएको थियो । प्रगतिशील लेखक संघ पर्वतका अध्यक्ष किशोर मनस्वीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रगतिशील लेखक संघका केन्द्रीय सदस्य अर्जुन पौडेल निर्जनले र संचालन प्रगतिशील लेखक संघ पर्वतका सचिब याम पौडेलले गर्नुभएको थियो । कार्यक्रममा सहभागीको तर्फबाट लेखनाथ पौडेल, राजेन्द्र पहाडी, शिव शर्मा, ठाकुर रसाईली लगायतले आफ्ना जिज्ञासा राख्नुभएको थियो । कार्यक्रममा साहित्यकार, सामाजिक अभियानता, राजनीतिज्ञ,शिक्षक विद्यार्थी लगायतको उपस्थिति थियो ।