प्रमुख समाचार

पर्वतको कुश्मामा तीज विषेश कार्यक्रम सम्पन्न

By लोकतन्त्र अनलाईन

August 22, 2019

पर्वत– आउँदै गरेको नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा शुभकामना आदानप्रदान तथा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । पर्वतको कुश्मामा महिलाहरुको मात्र ब्यवस्थापनमा संचालित दक्षिणा बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा तीज विशेष कार्यक्रम गरीएको हो । परम्परागत संस्कृतिको जगेर्ना गर्ने र महिला दिदीबहिनीहरुबीच आपसी भाईचाराको विकास गर्ने उद्धेश्यले कार्यक्रम गरिएको सहकारीका अध्यक्ष निला श्रेष्ठले जानकारी दिनुभयो ।