प्रमुख समाचार

आज हावाहुरी र मेघगर्जनसहित पानी पर्ने सम्भावना, सावधानी अपनाउन मौसमविदको आग्रह

By लोकतन्त्र अनलाईन

April 21, 2019

काठमाण्डौ – आज देशका धेरै ठाउँमा हावाहुरी र मेघगर्जनसहित पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् ।पश्चिमी वायु र पूर्वमा बनेको न्यूनचापीय रेखाको प्रभावले अहिले सफा भएको ठाउँको मौसम पनि दिउँसोपछि बदली भई धेरै ठाउँमा हुरीबतास र चट्याङसहित पानी पर्ने भएकाले मौसमविद्ले सावधानी अपनाउन आग्रह गरेका छन् ।बिहान खुलेको मौसम दिउँसोपछि बदली भएर बेलुकीतिर हुरीबतास र चट्याङ पर्नु स्वभाविक भए पनि यो वर्ष प्रिमनसुन सक्रिय देखिएको छ ।आइतबार राति पनि मौसम बदली हुने र थोरै स्थानहरुमा चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना रहको महाशाखाको पूर्वानुमान रहेको छ ।