पर्वत– नेपाल राष्ट्रिय शिक्षक संगठन पर्वतको प्रथम नगर परिषद सम्पन्न भएको छ । परिषदमा आगामी बर्षको लागि बिभिन्न कार्ययोजनाहरु पेश गरेर पास गरिएको छ । परिषदमा बिगतमा गरिएका बिभिन्न कार्यक्रमहरुको बिषयमा छलफल र विश्लेषण गरिएको छ । परिषदमा शिक्षकहरुलाई मासिक रुपमा तलब भत्ता उपलब्ध गराउन कुश्मा नगरपालिकाको कार्यलयमा पहल गर्ने, खाली रहेका दरबन्दीमा अबिलम्ब शिक्षक पूर्ति गर्न पहल गर्ने, प्राथमिक तहमा अध्ययनरत विद्यार्थीहरुले आई.सी.टीको प्रयोग गर्ने मौका नपाएका कारण प्राथमिक तहसम्म मात्र संचालन भएका बिद्यालयहरुमा आइ.सी.टी संचालन गर्नका लागि आवश्यक पहल गर्ने, बाल कक्षालाई प्रबिधिमैत्री बनाउनको लागि पहल गर्ने लगायतका बिषयमा छलफल भएको नगर समितिका सदस्य तथा कुश्मा नगरपालिका वडा नं. २ खुर्कोटका प्रतिनिधि सूर्य भुषालले जानकारी दिनुभयो । कार्यक्रममा सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि नेपाल राष्ट्रिय शिक्षक संगठनका गण्डकी प्रदेश कमिटीका कोषाध्यक्ष हरिबहादुर क्षत्रीले शिक्षकहरुका मामगहरु सरकारले पूरा गर्नुपर्ने बताउनुभयो । तर शिक्षकका मागहरुभने नेपाल शिक्षक महासंघ मार्पmत लैजानुपर्ने उहाँको सुझाव छ । संगठनका जिल्ला अध्यक्ष चिरञ्जिवी अधिकारी, नेपाल शिक्षक संघ कुश्मा नगर समितिका सचिव तोयनाथ पौडेल, राष्ट्रिय शिक्षक संगठन जलजला गाउँपालिकाका अध्यक्ष नारायण मल्ल, मोदी गाउँपालिकाका टिकाराम शर्मा, काफलचौर मा.वि.का प्रधानाध्यापक लक्ष्मण गौतम, नेपाल अंग्रेजी भाषा शिक्षण संघ (नेल्टा) का अध्यक्ष देव शर्मा लगायतले बोल्नुभएको थियो । नगर समितिका अध्यक्ष भिमराज सापकोटाको अध्यक्षतमा भएको कार्यक्रममा स्वागत नगर समिति महिला उपाध्यक्ष देवका पराजुलीले र संचालन समितिका सचिव अर्जुन पौडेलले गर्नुर्भको थियो ।