प्रमुख समाचार

पर्वत प्रशासनको सक्रियता, आर्थर डाँडाखर्क पुगेर झण्डै डेढ सयलाई नागरिकता वितरण

By लोकतन्त्र अनलाईन

April 21, 2019

पर्वत / पर्वतको आर्थर काहुलेका ७४ बर्षिय नरबहादुर सुनारले गाउँमै नागरिकता पाएपछि दंग भए । नागरिकता बनाउन कुस्मा जानुपर्ने झण्झट हट्यो भने खर्च पनि जोगियो । पर्वतको कुस्मा नगरपालिका वडा नं १४ मा जिल्ला प्रशासन र स्थानिय वडाले आयोजना गरेको शिबीरमा नागरिकता बनाउन आएका सुनारले भन्नुभयो ナगाउँमै आएर सेवा पाउँदा खुसीले दंग छु ।ᅳ हराएको प्रतिलिपि नागरिकता लिएका सुनार मात्रै होइन श्रीमान र परिवारले पटकपटक नागरिकता बनाउन नदिएपछि चिन्तामा बसेकी सुनिता नेपालीले पनि नागरिकता पाउनुभयो । नागरिकता बनाईदेउ भन्दा उल्टै परिवारका सदस्यले कुटपिट गर्दै आएको बताउँदै आएकी उनले नागरिकता लिँदा आँशु नै खसाल्नुभयो । ナनागरिकता बनाउनै पाउँदिन होला भन्ने लागेको थियो, आज मैले न्याय पाएकी छु ।ᅳ उहाँको भनाई थियो ।

जिल्ला प्रशासन कार्यालय पर्वतले आर्थरमा आयोजना गरेको शिबीरमा कुस्मा नगरपालिका वडा नं १२,१३ र १४ का बासिन्दाहरुले नागरिकता बनाउने र मतदाता नामावलीमा नाम लेखाएका थिए । नागरिकता बनाउन पोखरामा बसोबास गर्दै आएकाहरु पनि गाउँमा फर्केका थिए । आर्थरको नागरिकता शिबीरमा मात्रै ५० जना भन्दा बढीले प्रतिलिपी नागरिकता बनाएका छन भने ८० जना भन्दा बढीले नयाँ नागरिकता बनाएको सहयाक प्रमुख जिल्ला अधिकारी छबिलाल सुबेदीले बताउनुभयो । नयाँ नागरिकता बनाउनेहरु र अन्य गरि १ सय जना मतदाता नामावलीमा नाम लेखाएका छन । वडा अध्यक्ष भिमप्रसाद गुरुᅨले जनताले घरदैलोमा सेवा पाउन सकुन भनेर शिबीर सञ्चालन गरिएको बताउनुभयो । गाउँमा नै सेवासुबिधा दिने उद्देश्यले शिबीर सञ्चालन गर्ने कुरालाई प्राथमिकता दिदै आएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताउनुभयो । एक आर्थिक बर्षमा कम्तीमा ४ वटा शिबीर गाउँमा सञ्चालन गर्नुपर्ने भएपनि ९ वटा शिबीर सञ्चालन भैसकेका छन । ९ शिबीरमा १ हजार भन्दा बढी त नागरिकता नै बितरण भएको प्रजिअ ढकालको भनाई छ । सेवाग्राहीले बिना झण्झट सेवा लिन सकुन र आफ्नै गाउँमा बिना खर्च सेवा लिने धेरै भन्दा धेरै अवसर सृजना गर्न खोजिएको उहाँको भनाई छ । ナहामीले सके सम्म जनताले राहतको महसुस गरुन भन्ने हिसाबले सेवाप्रवाहलाई चुस्त दुरुस्त बनाउने प्रयास गरेका छौ ᅳ। उहाँले भन्नुभयो ナघरआँगनमै पुगेर सेवा दिदा सेवाग्राही सबैभन्दा बढी खुसी भएको पाएका छौ ।ᅳ यस आर्थिक बर्षमा अझै केही स्थानमा शिबीर सञ्चालन गर्ने योजना रहेको उहाँको भनाई छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम

पर्वतको कुस्मा नगरपालिकामा समुदाय प्रहरी साझेदारी कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वत र कुस्मा नगरपालिका वडा नं १४ कार्यालयको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले समाजमा शान्ति सुरक्षा र अमनचयन कायम गर्न समुदाय साझेदारी कार्यक्रमले ठुलो सहयोग पुगेको बताउँदै गलत क्रियाकलाप भएमा समुदायले प्रहरी संग मिलेर सहकार्य गर्न जरुरी छ भन्नुभयो । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले ग्रामिण क्षेत्रमा लैᅨिक हिंसा, मदिरा सेवन, चोरी लगायतका घटनाहरुका कारण शान्ति सुरक्षामा चुनौती थपिएको बेला समुदायको सहकार्यमा अपराध नियन्त्रण र अपराध हुन नदिन तर्फ सबैले सहयोग गर्न आग्रह गर्नुभयो ।