प्रमुख समाचार

आईबल एकेडेमीमा असल अभिभावक बनाउन प्रशिक्षण

By लोकतन्त्र अनलाईन

March 21, 2019

कुश्मा – कुश्मा नगरपालिका वडा नम्बर ९ मा रहेको आईबल एकेडेमी अग्रेजी आवसिय माबिले अभिभावक बनाउन प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । बुधबार बिद्यालय प्राङगणमा अभिभावकहरुलाई भेला गराई बिद्यालयले प्रशिक्षण गराएको हो । बिद्यार्थीहरुलाई बिद्यालयमा अध्ययन गराउन मात्र नभई अभिभावकलाई समेत घरमा गएपछि के गर्ने र कसरी पढाईमा ध्यान दिन सकिन्छ भन्ने बिषयमा अभिभावकलाई प्रशिक्षण गराईएको थियो । बिद्यालयमा अध्ययनरत झण्डै तिन सय बिद्यार्थीहरुका अभिभावकहरुलाई एक ठाउँमा भेलाई गराई प्रशिक्षण गराईएको हो । प्रशिक्षणको सहजकर्ता द कस्मीक स्टार प्राईभेट लिमिटेड काठमाडौका प्रबन्धक निर्देशक बाल मनोबिद रमेश पराजुली रहनुभएको थियो । सहजकर्ता पराजुलीले अभिभावकलाई प्रशिक्षण राउँदै समयको परिवर्तनसगै अभिभावकको सोचमा पनि परिवर्तन आउनुपर्ने बताउनुभएको थियो । असल बालबालिका बनाउन विद्यालयका शिक्षकको मात्र दायित्व नभई अभिभावकको प्रमुख दायित्व रहेको उहाले अभिभावकलाई बताउनुभएको थियो । सबै विद्यार्थीहरु कुनै न कुनै पक्षमा विशेष क्षमता लिएर जन्मिने हुँदा अभिभावक एवं विद्यालयले पहिचान गरेर अनुकुल वातावरण प्रदान गर्न सके सबैले सफलता प्राप्त गरि भविष्यमा सक्षम नागरिक बन्न सक्ने र सोहि अनुरुप बिद्यार्थीलाई अगाडि बढाउन आबश्यक रहेको बताउनुभएको थियो । बालबालिकाको पहिलो पाठशाला घर र परिवार नै भएको जानकारी समेत उहाले गराउनु भएको थियो । कार्यक्रममा सहभागि अभिभावकहरुले पनि उत्सुकताका साथ प्रशिक्षण कार्यक्रममा भाग लिएका थिए । विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष घनश्याम शर्मा लामिछानेले आगामी बर्षबाट विद्यालयबाट ब्यबहारिक तथा नैतिक पक्षलाई थप जोड दिइने कुरा ब्यक्त गर्नु भयो । बिद्यालयका प्रिन्सिपल विमल पौडेलले आगमी दिनमा रचनात्मक तरिकाले जीवन र शिक्षालाई जोड्ने गरि शैक्षिक क्रियाकलापहरु संचालन गर्नुपर्ने आजको आबश्यकतालाई बिद्यालय परिवारले आत्मसाथ गरेको कुरा ब्यक्त गर्नुभयो । अभिभावकहरुले विद्यालयले पढाईको स्तर सुधार्न गरेको मेहेनतको सह्राहना गर्दै स्तर कायमै राख्न सुझाव दिएका थिए । अतिरिक्ति क्रियाकलाप र विद्यार्थीहरुको शैक्षिक बौद्धिक क्षेत्रमा विद्यालयले महत्वपूर्ण सफलता हात पारेको भन्दै अभिभावकहरुले आगामी दिनमा अझै प्रगति गर्न सुझाव दिएका थिए ।