प्रमुख समाचार

नेपालका कोही पनि मानिसहरु अब अनाथ भएर बस्नुपर्दैनःमन्त्री लम्साल

By लोकतन्त्र अनलाईन

September 21, 2019

माधव पराजुली,पोखरा २०७६\०६\ ०४ संविधान दिवसको अवसरमा यहाँको एक मानव सेवा आश्रमका जेष्ठनागरिक तथा फरक क्षमता भएका मानिसहरुलाई फलफुल वितरण गरिएको छ । उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालयको आयोजनामा पोखरा छोरेपाटन स्थित मानवसेवा आश्रमका ९६ जना जेष्ठनागरिक तथा फरक क्षमता भएका मानिसहरुलाई फलफु वितरण गरिएको हो । जेष्ठनागरिकलाई फलफुल वितरण गर्दै गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले संविधानमै उल्लेख भए अनुसार नेपालका कोही पनि मानिसहरु अब भोकै वा अनाथ भएर बस्नु नपर्ने बताउनुभयो । संविधानमा मौलिकहक अधिकारको बिषय वस्तुलाई बलियो तवर समेटिएको चर्चा गर्दै उहाँले परिवार बाट अपहेलित वा पिडित भई तथा छिन्न भिन्न भएका त्यस्ता किसिमका व्यक्तिहरुको सामाजिक उत्तरदायीत्व राज्यले लिनुपर्ने बताउनुभयो । मन्त्री लम्सालले अनाथ किसिमका व्यक्तिहरुको व्यवस्थापन गर्न सरकार गम्भीर रुपमा लागेको समेत बताउनुभयो । मानव सेवा आश्रमका अध्यक्ष होमनाथ शर्माले यस आश्रम ९६ जना बृद्धवृद्धा आश्रित रहेको वताउदै यस आश्रम बाट ८ सय भन्दा बढी मानिसहरुलाई सेवा प्रदान गरिरहेको बताउनुभयो । उहाँले सडकमा वेवारिसे अवस्थामा भेटिएका त्यस्ता किसिमका मानिसहरुको उद्धार गरी धेरैलाई पारिवारिक पुनर्मिलन समेत गराइएको बताउनुभयो । उद्योग,पर्यटन,वन,तथा वातावरण मन्त्रालयका अधिकृत पदम शर्मा आचार्यले सञ्चालन गर्नुभएको उक्त कार्यक्रमका अवसरमा पोखरा महानगरपालिका वडा नं. १० स्थित विष्णु कुमारी गुरङले बुवाको स्मृतिमा उक्त आश्रमलाई ९ हजार रकम प्रदान गर्नुभएको थियो ।