पत्र-पत्रिका

‘जनप्रतिनिधिले ठेकेदार बनेर कमिसन लिए’

By लोकतन्त्र अनलाईन

August 21, 2019

काठमाडाै‌ : सत्ता र प्रतिपक्षी सांसदले स्थानीय तहका जनप्रतिनिधि आफैं ठेकेदार बनेर उपभोक्ता समितिबाट कमिसन लिने गरेको बताएका छन्। प्रतिनिधिसभा बैठकमा मंगलबार उनीहरूले स्थानीय तहले गरेको काममा गुणस्तर नभएको दाबी गरेका छन्। ‘मन्त्रीज्यू स्थानीय जनप्रतिनिधिले योजनाबाट कमिसन लिन्छन् भन्ने थाहा छ कि छैन ? आफ्नै डोजर र स्काभेटर छ, उनीहरूले एउटा योजनाबाट ३० देखि ५० प्रतिशतसम्म कमिसन लिन्छन्’, सत्तारूढ नेकपाका विजय सुब्बाले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई इंगित गर्दै भने, ‘यो मेलै थाहा पाएरै भनेको हो।’ विकास बजेट खर्च गर्दा आफूअनुकूल मान्छेलाई योजना दिने गरिएको उनले बताएको खबर कान्तिपुर दैनिकमा छ । नेकपाकै राजेन्द्र सुनुवारले स्थानीय तहमा बेरुजु व्यापक भएको बताए । ‘जनताको घरदैलोमा गएको सरकारले राम्रो काम गरोस् भन्ने हो,’ उनले भने।