पत्र-पत्रिका

वामदेवलाई नेकपाको संगठन विभाग, फकाउँदै ओली

By लोकतन्त्र अनलाईन

July 20, 2019

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संगठन परिचालनमा महत्त्वपूर्ण मानिने शक्तिशाली संगठन विभागको जिम्मेवारी वामदेव गौतमले पाउने भएका छन्। अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट रहेका गौतमले यसपटक रोजेकै विभाग पाउन लागेको समाचार कान्तिपुर दैनिकमा छ। विगतमा आफूसँग गरिएका प्रतिवद्धता पालना नगरेको भन्दै गौतम ओलीसँग रुष्ट थिए। बालुवाटारमा बिहीबार राति बसेको नेकपाका पूर्वएमाले पक्षका नेताको बैठकले गौतमलाई संगठन विभागको नेतृत्व दिने सहमति गरेको हो।