कतै सडक अनि कतै पेटीले सिकाएका छ्न । कति कुरा खेतबारीका खेतीले सिकाएका छ्न ।महिना नसकिँदै, महिना मर्यो भन्दै आउँछन, पैसा कमाउन पर्छ भन्ने घरबेटीले सिकाएका छ्न ।अरुको रमिता देख्दा देख्दै, म एक्लो हुनुमै खुसी छु, बिबाह पछि दुख हुन्छ,अल्लारे केटीले सिकाएका छ्न ।जलस्रोतको धनि भएनि यो देशमा केहि नभएको कुरा, कालीगण्डकी,महाकाली, कर्णाली सेतीले सिकाएका छ्न ।ठाकुर रसाईली