प्रमुख समाचार

पर्वत जिल्ला अस्पतालमा एकद्धार संकट व्यवस्थापन केन्द्र स्थापना

By लोकतन्त्र अनलाईन

June 20, 2019

ठाकुर रसाईली पर्वत–पर्वत जिल्ला अस्पतालमा लैङ्गिक हिँसा सम्बन्धी एकद्वार संकट ब्यबस्थापन केन्द्र स्थापना तथा संचालन सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । लैङ्गिक हिँसा सम्बन्धी एकद्वार संकट ब्यबस्थापन केन्द्र स्थापना गरी हिँसा प्रभावितहरुलाई स्वास्थ्य उपचार लगायत अन्य आवश्यक सेबाहरु एकीकृत रुपमा उपलब्ध गराउने उद्धेश्यले केन्द्र संचालनमा ल्याईएको हो । लैङ्गिक हिंसा न्यूनिकरण गर्नका लागि योगदान पु¥याउने उद्धेश्यले आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सल्लाहकार सिताराम प्रसाईं र रेखा राणाले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिती पर्वतका प्रमुख मनोहर विश्वकर्मा पौडेलले अझै पनि समाजमा महिला हिंसाका घटनाहरु बढ्दै गएको बताउँदै हिंसा न्यूनिकरणका लागि सरोकारवाला निकायहरुको भूमिका महत्वपुर्ण हुने बताउनुभयो । उहाँले महिलाहरुमा अशिक्षा र गरिबी र पछिल्लो समय सामाजिक सञ्जालका कारण महिलामाथि हिंसा बढ्दै गएको बताउँदै यिनीहरुको व्यवस्थापनमा राज्यले विशेष ध्यान पु¥याउनुपर्ने बेला आएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला न्यायाधीश सुर्यबहादुर थापा, जिल्ला समन्वय समिती पर्वतका समन्वय अधिकारी चिरञ्जीवी सापकोटा, प्रहरी नायव उपरीक्षक श्यामु अर्याल, जिल्ला अस्पताल पर्वतका अध्यक्ष गोबिन्द पहाडी, जिल्ला सरकारी वकिल स्वतन्त्र न्यौपाने, कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि पंगिनी, जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.सन्तोषी थपलिया, अस्पतालका मेडिकल कन्सल्टेन्ट एम.डी. जि.पी. बिष्णु भण्डारी लगायतले बोल्नुभएको थियो । कार्यक्रमको संचालन अस्पतालका नायव सुब्बा कुलप्रसाद लामिछानेले गर्नुभएको थियो ।