प्रमुख समाचार

पर्वतको पिपलटारीका असी वर्ष नाघेका बृद्ध बृद्धालाई यसरी गरियो सम्मान

By लोकतन्त्र अनलाईन

June 20, 2019

पर्वत–पर्वतको कुश्मा नगरपालिका वडा नं. १० पिपलटारीमा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको छ । पिपलटारी वडा कार्यालयको आयोजनामा ८० वर्ष नाघेका बृद्ध बृद्धाहरुलाई सम्मान गरिएको हो । सो अवसरमा ५० जना बृद्धबृद्धाहरुलाई सम्मान गरिएको थियो । उनिहरुलाई एक एक थान झुल, बलाङ्केट, टेक्नका लठ्ठी र सम्मान पत्रले सम्मान गरिएको हो । सो अवसरमा बोल्दै पिपलटारीका वडा अध्यक्ष सुजन विक अमरले लामो समयसम्म बाँचेर समाजको विकासमा पु¥याएको योगदानको कदर गर्दै वडाले सम्मान गरेको बताउनुभयो । यस्ता खालका सम्मानले उहाँहरुलाई बाँकी जीवन जिउनका लागि प्रेरणा प्रदान गर्ने बताउँदै बृद्धाबृद्धाहरुलाई राज्यले सँधै सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँले यस वर्षदेखि सरकारले बृद्धा भत्ता समेत बृद्धि गरेर उहाँहरुलाई अझै हौसला प्रदान गरेको बताउँदै नेकपाले यो सरकारको अवधि सम्म पाँच हजार पु¥याउने घोषणा पनि गर्नुभयो ।

कार्यक्रममा उपस्थित हुन नसक्नेहरुलाई घरघरै पुगेर पनि सम्मान गरिएको थियो । कार्यक्रममा कुश्मा नगरकार्यपालिकाका सदस्य देवेन्द्र नेपाली, नेकपाका कमल लामिछाने, नेपाली काँग्रेसका विष्णुहरी तिवारी, रेडक्रस पिपलटारी उपशाखाका सभापति भिमराज सापकोटा लगायतले बोल्नुभएको थियो । कार्यक्रममा स्वागत वडा सदस्य सिता शर्मा र संचालन वडा कार्यालय सहायक पिताम्वर नेपालीले गर्नुभएको थियो । यसैगरी बुधवारै पिपलटारीमै महिलाहरुको पाठेघर परिक्षण शिविर पनि सम्पन्न भएको छ । ग्रामीण क्षेत्रका महिलाहरुलाई बढि मात्रामा पाठेघरको समस्याबाट पिपडित बन्ने गरेको अवस्थालाई मध्य नजर गर्दै वडा कार्यालयको आयोजनामा पाठेघर परिक्षण शिविर सम्पन्न भएको हो । सो अवसरमा वडाका ७० भन्दा बढि महिलाहरुको पाठेघरको परिक्षण गरिएको थियो । कतिपय महिलाहरुको पाठेघरमा केहि समस्याहरु देखिएकाले उपचारका लागि सुझाव सल्लाह दिनुका साथै समान्य रोगीहरुलाई औषधी समेत प्रदान गरिएको थियो । शिविरमा जिल्ला अस्पताल पर्वतका चिकित्सकहरु, नगर स्वास्थ्य संयोजक उमाकान्त सापकोटा, यामप्रसाद शर्मा लगायतको सहभागिता रहेको थियो । शिविरको उद्घाटन वडा अध्यक्ष सुजन विक अमरले गर्नुभएको थियो ।