राष्ट्रपति भण्डारी नेपाल वायुसेवाको विमान चार्टर गरेर चीन जाँदै - News site from Nepal

काठमाडौँ, ७ बैशाख ।  राष्ट्रपति विद्यादेवी भण्डारी नेपाल वायुसेवा निगमको विमान चार्टर गरेर चीन जाने भएकी छन्। चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा राष्ट्रपति भण्डारी वैशाख ११ गते चीनको राजकीय भ्रमणमा निस्कँदैछिन्।
भ्रमण टोलीमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसहित ७० देखि ८० जना नेपाली रहने जनाइएको छ । गणतन्त्र स्थापनापछि राष्ट्रप्रमुखले राष्ट्रिय ध्वजावाहक विमान चार्टर गरेर चीन जान लागेको यो पहिलो पटक हो।
निगमले भिभिआईपी उडानमा एयरबस ३२० पठाउने निर्णय गरेको छ। यसअघि प्रधानमन्त्री केपी ओलीले भारत र चीन भ्रमणमा हिमालय एयरलाइन्सको एयरबस ३२० प्रयोग गरेका थिए।
परराष्ट्र मन्त्रालयले निगमको विमानलाई प्रतिउडान घन्टाको ११ हजार ६ सय डलर हाराहारी भाडा तिर्ने सर्तमा लैजान लागेको श्रोतले जनाएको छ।
तीन दिनको यो चार्टर उडानमा निगमले १२ घन्टा हाराहारीको मात्रै रकम लिनेछ । विमानको ल्यान्डिङ, पार्किङलगायत र इन्धन खर्च निगम आफैंले बेहार्ने जनाएको छ ।
काठमाडौंबाट सियान पुग्न चार घन्टा र त्यहाँबाट बेइजिङलाई दुई घन्टा हाराहारी सयम लाग्छ। काठमाडौंदेखि बेइजिङसम्म कुनै पनि व्यावसायिक एयरलाइन्सको उडान छैन। सियान–काठमाडौं रुटमा तिब्बत एयरलाइन्सले सेवा दिइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!