प्रमुख समाचार

पर्वतको मोदीवेणीबाट शालिग्राम चोरेर फरार रहेका बराईली पक्राउ

By लोकतन्त्र अनलाईन

April 20, 2019

पर्वत–गत फागुन ४ गते राती पर्वतको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल मोदीवेणीबाट शालिग्राम शीला चोरी गरी फरार रहेका युवा पक्राउ परेका छन् । धादिङ जिल्लाको साविक निलकण्ठ गाविस वडा न १० स्थाई घर भई पर्वतको कुश्मा नगरपालिका वडा न ५ वस्ने २५ वर्षिय अंजन वराईलीलाई गत सोमवार पक्राउ गरिएको हो । खोजतलास गर्ने क्रममा उनलाई काठमाडौं महानगरपालिका वडा नम्वर –३ महाराजगंजंवाट जिल्ला प्रहरी कार्यालय पर्वतवाट खटिएको विशेष प्रहरी टोलीले पक्राउ गरेको प्रहरी नायब उपरिक्षक स्यामु अर्यालले जानकारी दिनुभयो । उक्त घटनामा संलग्न अन्य ३ जना प्रतिवादीहरु कसम पुनमगर, सुमन गुरुङ र लेख वहादुर नेपाली भने पहिलेनै पक्राउ परिसकेका थिए । उनिहरुको वयानका क्रममा वराईली समेत संलग्न रहेको खुल्न आएपछि प्रहरीले निजलाई व्यापक रुपमा खोजतलास गरेको थियो । पक्राउ परेका वराईली यस अघि २०७५ जेठ १८ गतेको जिल्ला अदालत पर्वतको आदेशले लागु औषध मुद्धामा धरौटीमा छुटेका थिए । उनलाई गत माघ २९ गतेको फैसलाले २ वर्ष कैद र १ लाख जरिवाना गरे पश्चात फरार रहेका थिए । उनलार्य शुक्रवार जिल्ला अदालत पर्वतमा उपस्थित गराईएकोमा थुनछेक आदेशले पुर्पक्षको लागी जिल्ला कारागार पर्वत चलान गरिएको प्रहरीले जनाएको छ ।