प्रमुख समाचार

नेपाली काँग्रेस कार्कीनेटाका पूर्व सभापति उपाध्यायको निधन

By लोकतन्त्र अनलाईन

December 20, 2019

पर्वत– नेपाली काँग्रेस साबिक कार्कीनेटा गाविसका पूर्व पार्टी सभापति देवीचन्द्र उपाध्यायको ९२ बर्षको उमेरमा  निधन भएको छ । उपाध्याय कार्कीनेटा गाउँपञ्चायतका प्रधानपञ्च एंवम् जिल्ला पंचायत सदस्य समेत हनुहुन्थ्यो । सामाजिक कार्यमा सक्रिय उनी कार्कीनेटा माध्यमिक विद्यालयका संस्थापक अध्यक्ष समेत भएको विद्यालयले जनाएको छ । उहाँका ३ श्रीमती, ६ छोरा र ५ छोरी रहेका छन् । वि स २०४२ सालमा नेपाली काँग्रेस कार्कीनेटामा एक कार्यकाल सभापति रहनुभएका उपाध्यायले नेपालमा प्रजातन्त्र स्थापना र पुनस्थापनाका लागि सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । स्वर्गिय उपाध्यायको मोदीवेणी घाटमा बिहीवार दाहसंस्कार गरिएको छ । नेपाली काँग्रेसका पूर्व पार्टी सभापति नवराज गुरुङ, पूर्व साँसद ऋषिकेश तिवारी, नेपाली काँग्रेसका महासमिति सदस्य गंगाधर तिवारी, नेपाली काँग्रेस पर्वतका जिल्ला सदस्य डाक्टर चुडामणि शर्मा, शिव सुवेदी, नेपाल दलित संघ पर्वतका सभापति याम परियार शिव लगायतले स्वर्गिय उपाध्यायको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाई अन्तिम श्रद्धाञ्जली दिएका थिए । उता कुश्मा नगरपालिका २ खुर्कोटका काँग्रेस अगुवा थानेश्वर पौडेलको पनि निधन भएको छ । हिमालय माविका पूर्व शिक्षक समेत रहेका थानेश्वरको दाहसंस्कारमा सयौँ काँग्रेसी नेता कार्यकर्ताहरु सहभागी भएका थिए । स्वार्गिय पौडेलको पार्थिव शरिरमा नेपाली काँग्रेसको तर्फबाट पूर्व पार्टि सभापती नवराज गुरुङ, जिल्ला सदस्य डा. चुडामणी शर्मा, शिव सुबेदी, सरस्वती शर्मा जिज्ञाशु, कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशी, उपप्रमुख सीता काफ्ले लामिछाने लगायतले पार्टिको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।