पत्र-पत्रिका

निवर्तमान सभामुख महरा भन्छन् : नेकपाको निर्देशन मान्दिन

By लोकतन्त्र अनलाईन

October 20, 2019

काठमाडौं :   संसद् सचिवालयकी एक महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोपमा हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराले आफू नेकपाको सदस्य नभएको भन्दै पार्टीको निर्देशन नमान्ने बताएका छन्। आफूले सभामुख निर्वाचनसँगै पार्टीको साधारण सदस्यसमेत त्याग गरेको बताउँदै उनले आफू नेकपा नभएकाले राजीनामा नदिने बताएका हुन् भन्ने खबर राजधानी दैनिकमा छ। दुर्व्यवहारको घटना सार्वजनिक भएपछि सभामुख र सांसद पदबाट समेत राजीनामा दिन नेकपाले महरालाई निर्देशन दिएको थियो। तर उनले सांसद पदबाट मात्रै राजीनामा दिए। उनले राजीनामा नदिँदा उनी संसदमा स्वतन्त्र सांसदका रूपमा रहन सक्छन्।  उनले आफू नेकपाको नेता नै नभएको भन्दै सो पार्टीको सुझाव किन मान्ने भनेर राजीनामा नदिएको उनी निकट नेता बताउँछन्।