प्रमुख समाचार

पर्वतको कुश्माका क्यान्सरपिडित युवा खड्काको उपचारका लागि आर्थिक सहयोग

By लोकतन्त्र अनलाईन

August 20, 2019

पर्वत–पर्वतको कुश्माका क्यान्सर पिडित युवा मीन बहादुर परियार ’खड्का’को उपचारका लागि प्रवासी युवाले आर्थिक सहयोग गरेका छन् । अध्ययन तथा रोजगारीका लागि जापानमा रहेका पर्वतको कुश्मा नगरपालिका वडा नं. खुर्कोटका रामचन्द्र नेपालीले उनको उपचारका लागि रु २१ हजार रुपैया सहयोग गरेका हुन् । खड्का बचाउ अभियानका लागी जापानबाट नेपालीले रु २१ हजार रुपैया पठाएका हुन् । नेपालीको आफ्नो आज परेको जन्मदिनको अवसरमा उक्त आर्थिक सहयोग गरेको अभियानका अभियन्ता याम परियार शिवले जानकारी दिए । जन्मदिनमा हुने फजुल खर्च कटौती गरि सामाजिक कार्यमा लगाउँं भन्ने लागेर आफूले जापानबाट क्यान्सर पीडित खड्कालाई थोरै भएपनि राहत पुगोस भनेर उक्त रकम सहयोग गरेको नेपालीले बताए । उनले साथीहरू ध्रुव सुवेदी, दिपक निउरे, जीवन क्षेत्री, सन्देश गुरुङ र स्वयं आफुले उक्त रकम संकलन गरि पठाएको जानकारी दिए । उक्त रकम खड्का बचाउ अभियानमा लागिरहनु भएका याम परियार ’शिव’, ठाकुर रसाईली, साजन परियार र सरोज खनालले क्यान्सर पीडित खड्काकि आमा तुलसी परियार लाई आज एक समारोह बीच पिडितको घरमै पुगेर हस्तान्तरण गरेका छन् । उनको अहिले भारतको राजिव गान्धी अस्पतालमा उपचार भैरहेको छ । उनको उपचारका लागि अन्य संघ संस्थाहरुले पनि आर्थिक संकलन गरिरहको छन् ।