पर्वत । समुदाय प्रहरी साझेदारी कार्यक्रम प्रहरी संग एक दिन विद्यार्थी कार्यक्रम सम्पन्न भएको छ । कुश्मा नगरपालिका वडा नं ४ स्थित कालीगण्डकी एकेडेमीमा अध्ययनरत कक्षा ८, ९ र १० का विधार्थीले जिल्ला प्रहरी कार्यालय पर्वतको अवलोकन तथा भ्रमण गरेका छन ।
अवलोकन भ्रमणको क्रममा विधार्थीहरुलाई जिल्ला प्रहरी कार्यालय भित्र रहेका अपराध अनुसन्धान, प्रहरी कार्य तथा विशेष शाखा, हिरासत कक्ष तथा महिला,वालवालिका तथा ज्येष्ठ नागरीक सेवा केन्द्रको अवलोकन गरेका थिए । विधार्थीहरुलाई अपराध अनुसन्धानसंग सम्वन्धित जिज्ञासाहरु उक्त शाखामा कार्यरत प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनूभएको थियो।
कार्यक्रममा प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बिद्यार्थिहरुसंग भेटघाट गरी विधार्थीहरुको मनोभावना एवम् प्रहरी प्रतिको सोचाई, घरेलु एवम् सामाजिक अपराध न्युनिकरणमा बिद्यार्थीहरुको भुमिकावारे जानकारी गराउनू भएको थियो । केहि घटना घट्रनू पूर्व र घटि सकेपछि १०० नम्वरमा डायल गर्ने, साईबर अपराध, ट्राफिक नियम एवम् राजमार्गमा हिड्दा अपनाउनु पर्ने तरिकाहरुका वारेमा समेत अन्तर्क्रिया गर्नुभएको थियो । बिधार्थिहरुले प्रहरीसंग सम्वन्धित जिज्ञासाहरु राखेका थिए ।
अवलोकन भ्रमणको सहजिकरण प्रहरी निरीक्षक राजन रायमाझी, प्रहरी नायव निरीक्षक मोहन कुमार खड्का, प्रहरी सहायक निरीक्षक अर्जुन पौडेल र कमल बस्यालले गर्नुभएको थियो ।