प्रमुख समाचार

आलमको मुद्दामा अनुसन्धान गर्न कांग्रेसले सघाउने

By लोकतन्त्र अनलाईन

October 19, 2019

काठमाडौँ — सांसद मोहम्मद आफताब आलमको बचाउमा उत्रिएका कांग्रेस सभापति शेरबहादुर देउवा आफ्नो अभिव्यक्तिबाट पछि हटेका छन् । पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले शुक्रबार भक्तपुरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा देउवाले आलमको बचाउ गर्दै सरकाका विरुद्ध आक्रमक अभिव्यक्ति दिएका थिए। १२ वर्षको मुद्दा ब्यूँताएर सरकारले कांग्रेसविरुद्ध षडयन्त्र गरेको भन्दै  देउवाविरुद्ध सर्वत्र आलोचना भएको थियो।