प्रमुख समाचार

पर्वत बार एशोशिएसनको अध्यक्षमा चन्द्रबहादुर क्षेत्री

By लोकतन्त्र अनलाईन

October 19, 2019

पर्वत– नेपाल बार एसोशिएसन पर्वत जिल्ला अदालत बार इकाईको ३२ औं साधारणसभा तथा १७ औं अधिवेशन शुक्रवार सम्पन्न भएको छ । अधिवेशनले चन्द्र बहादुर क्षेत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । अध्यक्षका प्रत्याशी रहेका राजेन्द्र भुषाल र जगदीश पौडेललाई पराजित गर्दै क्षेत्री अध्यक्ष निर्वाचित हुनुभएको थियो । भुसालको पक्षमा ४ र पौडेलको पक्षमा तीन मत परेका थिए । भने क्षेत्रीले ९ मत प्राप्त गर्नुभएको थियो । निर्वाचित समितिको उपाध्यक्षमा हरिनारायण रेग्मी, सचिवमा यज्ञबहादुर थापा, कोषाध्यक्षमा देवीप्रसाद शर्मा रहनुभएको छ । त्यसैगरी सदस्यमा भीमराज सापकोटा, पूण्यप्रसाद सुबेदी र तेजराज चापागाई रहनुभएको छ । अधिवेशनले केन्द्रिय पार्षदमा भोलानाथ शर्मा, डम्मरु शर्मा, विश्वराज पाण्डे र दिलिपराज शर्मालाई सर्वसम्म रुपमा चयन गरेको छ । यस अघि आयोजित कार्यक्रमको उद्घाटन जिल्ला अदालत पर्वतका न्यायधिश सुर्यवहादुर थापाले उद्घाटन गर्नुभएको थियो ।