रबि पनि बयान सकेर बाहिर निस्किँदै, अस्मिताको बयान सकियो

By लोकतन्त्र अनलाईन

August 19, 2019

चितवन : पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका तीनैजनाको बयान लिने क्रम जारी रहेको छ। सोमबार दिउँसोसम्म पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गर्न प्रयोग भएकी युवती अस्मिता कार्की उर्फ रुकुको बयान सकिएको स्रोतले बताएको छ। अहिले रबिको बयार चलिरहेको बुझिएको छ । त्यसपछि युवराजको बयान लिइने भएको छ । बयान सकिएपछि आजै वा मंगलबार मात्रै म्याद थप्ने नथप्नेबारे निर्णय हुने बताइएको छ। तीनैजनालाई पाँच दिनका लागि म्याद थपिएको थियो। उक्त म्याद आज राति १२ बजे सकिनेछ।