File photo

प्रमुख समाचार

भुकम्प पिडित लाभग्राहिले एकपटक पढौ, प्राधिकरणले गर्यो यस्तो ताकेता

By लोकतन्त्र अनलाईन

June 18, 2019

पर्वत–राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान सम्झौता नगरेका लाभग्राहीलाई आउँदो २१ गतेसम्म सम्झौता गर्न आग्रह गरेको छ ।असार २१ गतेभित्रै सम्झौता गरी यहि असार मसान्तसम्म अनुदानको पहिलो किस्ता लिन पनि प्राधिकरणले अनुरोध गरेको छ । प्राधिकरणले तोकिएको समयसीमाभित्र अनुदान सम्झौता गरी पहिलो किस्ता नलिए लाभग्राही सूचीबाट हटाइने जनाएको छ ।निजी आवास अनुदानका ६० हजार भन्दा बढी भूकम्प प्रभावित लाभग्राही बनेपछि पनि अनुदान सम्झौता गर्न नआएपछि समयसीमा निर्धारण गर्नु परेको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरले बताउनुभयो । पछिल्लो तथ्यांक अनुसार ८ लाख २६ हजार ३ सय ३३ लाभग्राहीमध्ये ७ लाख ६६ हजार ३ सय १७ ले मात्र अनुदान सम्झौता गरेका छन् । भूकम्प प्रभावित लाभग्राहीले अनुदान सम्झौता गर्न आ आफ्नो वडा कार्यालयमा सम्पर्क राख्नुपर्नेछ । त्यसैगरी, अनुदान सम्झौता गरेर पनि पहिलो किस्ता ५० हजार रुपैयाँ नलिने लाभग्राहीलाई यही असार मसान्तभित्र पहिलो किस्ताबापतको अनुदान रकम लिइसक्न पनि प्राधिकरणले आग्रह गरेको छ । अनुदान सम्झौता गरेका ७ लाख ६६ हजार ३ सय १७ मध्ये ७ लाख ६१ हजार ५ सय ४२ ले पहिलो किस्ता लिएका छन् । असार मसान्तभित्र पहिलो किस्ता नलिए त्यस्ता लाभग्राहीको नाम पनि सूचीबाट हटाइने प्राधिकरणले जनाएको छ । प्राधिकरणको मापदण्ड अनुसार घरको जग राखेर दोस्रो किस्ताको १ लाख ५० हजार रुपैयाँका लागि निवेदन दिन सक्छन् ।