प्रमुख समाचार

यस्तो छ काँग्रेसको सरकारप्रतिको मूल्यांकन : घात गर्नमा विशिष्ट श्रेणी

By लोकतन्त्र अनलाईन

February 18, 2019

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारलाई विशिष्ट श्रेणीको अंकमा जनताको विश्वासघात गरेको आरोप लगाएको छ । आफ्नो एक वर्षे कालमा जनतामाथि सरकारले विभिन्न पाँचवटा घात गरेको आरोप कांग्रेसले लगाएको अन्नपूर्ण पोस्टमा खबर छ ।

कांग्रेसले लगाएको आरोपमा कञ्चनपुरमा बलात्कारपछि हत्या भएकी बालिका निर्मला पन्तको न्यायमाथि सरकारले विश्वासघात गरेको, चिकित्सक गोविन्द केसीसँग गरेको सम्झौता उल्लंघन गरेको, बुढीगण्डकी परियोजनामा पनि सरकारले विश्वासघात गरेको, संविधान संशोधनमा सरकारले मधेसीमाथि विश्वासघात गरेको लगायतका आरोप सरकारमाथि लगाएको छ ।

डस्टबिनमा भेटिएका बालकको समाचार पनि मुख्यपृष्ठमा छापिएको छ। करिब ६ महिनाअघि पशुपति क्षेत्रमा राखिएको फोहोरको डंगुरमा एउटा बच्चा भेटिएको थियो । ‘नेपाल स्नेही काख’ नामक संस्थाको संरक्षणमा हुकिँदै गरेको बालकको नाम भविष्य राखिएको छ ।