अर्थ/बाणिज्य

गाउँपालिका अध्यक्ष मल्लको क्रसर उद्योगमा प्रहरी, प्रहरीले हस्तक्षेप गरेको मल्लको आरोप (भिडियो सहित)

By लोकतन्त्र अनलाईन

January 18, 2019

पर्वत–शुक्रवार विहान जलजला गाउँपालिकाका अध्यक्ष यामबहदुर मल्ल रामकृष्णले आफ्नो फेसबुक पेजबाट एउटा भिडियो सार्वजनिक गरे । भिडियोमा देखाइएको थियो उनको क्रसर उद्योगमा प्रहरीले घेरिरहेको, मेशिन संचालन गर्न बन्द गरेको र हस्तक्षेप गरेको । प्रहरीले जवरजस्ती रुपमा उद्योगमा छिरेर हस्तक्षेप गरेको भन्दै उनले आपत्ति मात्र जनाएका छैनन प्रहरीको ज्यादती र संघीयताको मर्मत विपरितको काम गरेको आरोप समेत गरेका छन् । आफु उद्योगमै भएका बेला प्रहरीले हस्तक्षेप गरको अध्यक्ष मल्लको आरोप छ । नियमानुसार संचालन गर्दा पनि प्रहरीले संचालनमा बाधा पु¥याएको मल्लको आरोप रहेको छ । उनले प्रहरीलाई यस्ता ज्यादती बन्द गरी अपराध अनुसन्धा, दुर्घटना न्यूनिकरण र अन्य काममा लाग्न आग्रह गरेका छन् । उनले प्रहरीले पटक पटक विभिन्न प्रलोभनमा आफुलाई दुःख दिएको आरोप समेत लगाएका छन् । यता प्रहरीले भने नियम विपरित नदि उत्खनन् गरेर उद्योग चलाएकोको भन्दै अनुगमन गर्न गएको बताएको छ । अध्यक्ष मल्लले यदि अवैध नै हो भने उद्योगहरु राज्यले बन्द गरिदिनुप¥यो, होईन भने संचालन गर्न दिनुप¥यो मल्लले भने । उनले सँधै दुःख दिने प्रहरीको नियतले करोडौ रुपैयाँ घाटामा गएको पनि बताउनुभएको छ । Facebook Video