प्रमुख समाचार

प्रधानमन्त्री ओलीले आज संसदमा सांसदका प्रस्नको जवाफ दिँदै

By लोकतन्त्र अनलाईन

January 18, 2019

पर्वत–प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद प्रतिनिधिसभा सांसदका प्रश्नको जवाफ दिने भएका छन्। सभामुख कृष्णबहादुर महराको सचिवालयका अनुसार आज दिउँसो १२ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले सांसदका प्रश्नको जवाफ दिने कार्यक्रम तय भएको छ । सभामुखको सचिवालयमा लेखिएको छ, ’प्रतिनिधिसभा नियमावलीको परिच्छेद ९ नियम ५६ अनुसार प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम आज (माघ ४ गते) दिउँसो १२ स् ०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा राखिएको छ।’ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्न पाउनुपर्ने माग गर्दै आएका थिए।

उक्त कार्यक्रम नराखिएको भन्दै कांग्रेस सांसदले यस विषयमा सभामुखसँग पनि असन्तुष्टि जनाउँदै आएका थिए। सभामुखको सचिवालयका अनुसार भोलिको बैठकमा प्रधानमन्त्री ओलीले आसन्न स्वीट्जरल्यान्ड भ्रमणका बारेमा संसदलाई जानकारी गराउने कार्यक्रम पनि रहेको छ।