प्रमुख समाचार

पर्वत मालपोत कार्यालयका सवैजसो सेवा आज पुर्ण रुपमा बन्द हुने

By लोकतन्त्र अनलाईन

October 18, 2019

पर्वत– जिल्ला मालपोत कार्यालय पर्वतका सेवा सुविधा आज पुर्ण रुपमा बन्द गरिने भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको नमुना मालपोत कार्यालय बनाउने अभियान अन्तर्गत कार्यालयमा हाल प्रयोगमा आईरहेका विभिन्न फाँटहरु एकीकृत गरी एउटै स्थानवाट सहज रुपमा सेवा प्रदान गर्न सकिने बनाउन मर्मतका लागि आज शुक्रवार र शनिवार बन्द गरिने भएको हो । शनिवार सार्वजनिक विदाकै दिन भएपनि खासगरी शुक्रवारका लागि कार्यालयवाट कुनैपनि सेवा प्रवाह नहुने मालपोत अधिकृत नविन सुवेदीले जानकारी दिनुभयो । उहाँले एकीकृत कार्यकक्ष बनाउनका लागि शुक्रवार कार्यालयवाट सेवा प्रवाह गर्न असमर्थ हुने सुवेदीले बताउनुभयो । कार्यालयले एक सूचना जारी गरी आगामी आईतवारदेखि नियमित रुपमा सेवा संचालन हुने जनाएको छ । मालपोत र नापी कार्यालयवाट प्रवाह गरिने सेवा अपारदर्शि, ढिलासुस्ती र कर्मचारीहरु बढि घुस काण्डमा मुछिने गरेको भन्दै भूमि सुधार मन्त्री पद्मा अर्यालले नमुना मालपोत कार्यालयको अभियानलाई अघि बढाउनुभएको हो । सोहि अनुसार अहिले नेपालका मालपोतहरुलाई धमाधम सुधार गर्ने काम भैरहेको छ ।