प्रमुख समाचार

बिप्लब समुहका पर्वत जिल्ला इन्चार्ज अल्वर्ट सहित दुई जना नेकपामा प्रबेश

By लोकतन्त्र अनलाईन

September 18, 2019

पर्वत– नेत्रबिक्रम चन्द समुहका पर्वत जिल्ला इन्चार्ज  भिमबहादुर मल्ल (अल्वर्ट) नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रबेश गरेका छन । नेकपाको केन्द्रिय कार्यालय काठमाण्डौमा आयोजित एक कार्यक्रमका बिच मल्ल नेकपामा प्रबेश गरेका हुन । उनीसँगै विप्लब समुहका पर्वत सदस्य तथा जलजला गाउँपालिकाका इन्चार्ज धनञ्जय मल्ल पनि नेकपामा प्रवेश गरेका हुन् । नेकपाका महासचिब बिष्णु पौडेलले अल्वर्टलाई टिका तथा खादा लगाएर नेकपामा स्वागत गर्नुभयो । मल्ल पर्वत जिल्लामा बिप्लब समुहको लामो समय सम्म सेक्रेटरी र इन्र्चाज भएर काम गर्नुभएको थियो । छिमेकी बागलुङ्गको जैमिनी नगरपालिकाका बासिन्दा मल्ल यसअघि पटक पटक प्रहरीबाट प्रकाउ परि रिहा समेत हुनुभएको थियो । मल्लले शसस्त्र आन्दोलनले नेपालमा राजनैतिक परिर्वतन असंभब भएको र शान्तिपुर्ण आन्दोलनबाटै समाजबादमा पुग्न सकिने भएकाले बिप्लब समुह परित्याग गरेको बताउनुभयो । उहाँले बिप्लब समुहको आन्दोलनबाट देश र जनताको मुक्ति असंभब भएका ठहर गरेर धेरै नेता कार्यकर्ताहरु पार्टी परित्याग गर्ने मनस्थितिमा पुगेको र नेकपाले नेपालको कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पु¥याउन सक्ने बिश्वास पनि ब्यक्त गर्नुभयो । मल्ललाई स्वागत गर्दै नेकपाका महासचिब बिष्णु पौडेलले नेपालको कम्युनिष्ट आन्दोलनलाई एकिकृत गरेर अबको ५० बर्ष कम्युनिष्ट पार्टीले नै शासन सत्ता सञ्चालन गर्न आबश्यक भएको बताउनुभयो । उहाँले कम्युनिष्ट पार्टीको सरकारका लोकप्रिय कार्यक्रमबाट अत्तालिएर प्रपोगण्डा फैलाउने प्रयास भएको भन्दै त्यसका बिरुद्ध लडेर लड्न कार्यकर्तालाई निर्देशन दिनुभयो । उक्तअवसरमा नेकपाका केन्द्रिय सदस्य तथा पर्वत इन्र्चाज गुप्तबहादुर हमाल ठकुरीले कम्युनिष्ट पार्टीहरुको एकताबाट मात्रै समाजबादको लक्ष्य हासिल हुन सक्ने भएकाले बाटो बिराएका सबै नेता कार्यकर्ताहरुलाई मुलधारमा र्फकन आग्रह गर्नुभयो । प्रतिनिधीसभा सदस्य तथा नेकपा पर्वतका अध्यक्ष पदम गिरीले बिरोधीहरुको दिवा सपना चकनाचुर हुने अबस्था आएको बताउँदै कम्युनिष्ट पार्टी एकढिक्का भएर अगाडी बढ्दा कसैले पनि प्रतिरोध गर्न सक्ने क्षमता राख्दैनन भन्नुभयो । नेकपा पर्वतका सचिब सुदिप कुवँर, जिल्ला कार्यलय सदस्य गोबिन्द पहाडीले पनि इन्र्चाज मल्लको प्रबेशले पार्टी अझै बलियो र गतिशिल बन्ने बिश्वास ब्यक्त गर्नुभयो ।