पर्वत– नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले आफ्नो दलले प्रतिपक्षको भूमिका सशक्त बनाउनका लागि जागरण अभियान सञ्चालन गरेको बताउनुभएको छ । पार्टीको अन्तरविरोध हटाई वहुमतको दम्भ देखाउने सरकारको सशक्तरुपमा विरोध जनाउन लागि यस अभियानले सहयोग पुग्ने उहाँको धारणा थियो । नेपाली काँग्रेसले शुरु गरेको दोस्रो चरणको अभियान अन्तर्गत आज पर्वतको मोदी गाउँपालिका–६ तिलाहारमा सम्पन्न भएको भेलालाई सम्बोधन गदै नेता जोशीले सरकार गलत बाटोमा अघि बढेको भन्दै सरकारलाई दवाव दिन पनि अव काँग्रेस गाउँगाउँ पुग्नुपर्ने बताउनु भयो । अघिल्ला दिनमा प्रतिपक्षको भूमिका कमजोर भएकाले जागरण अभियानबाट काङ्ग्रेस खारिएर जाने धारण व्यक्त गर्दै उहाँले जनतालाई काङ्ग्रेसको अभाव खड्किएकाले आगामी निर्वाचनमा देश काङ्ग्रेसमय बन्ने आशा व्यक्त गर्नुभयो । हचुवाका भरमा विकास निर्माणका कार्य भइरहेको र महँगी, भष्टाचार, बलात्कारजस्ता कार्यलाई सरकारले प्राथमिकता दिएको चर्चा गर्दै नेता जोशीले भन्नुभयो ‘सरकार प्रभाव र दबाबबाट मुक्त हुन सकेन, । केन्द्रिय प्रतिनिधी एवम् पूर्व राज्य मन्त्री चम्पादेवी खड्काले नेपाली कांग्रेस एक ढिक्का भएर अगाडी बढ्नुपर्नेमा जोड दिदैँ पार्टी एकतावद्ध भए मात्रै आगामी दिनमा आइपर्ने चुनौतीहरुको सामना गर्न सकिने बताउनु भयो । स्थानिय निकाय र राष्ट्रियस्तरमा सरकारले गरेका गलत कामहरुलाई चुनौती दिदै गलत प्रवृतिका विरुद्ध लड्न पनि नपाली कांग्रेस मजबुत हुनुपर्ने र पार्टी मजबुत हुनका लागी पार्टी भित्र भावनात्मक एकता हुनुपर्नेमा नेता खड्काले जोड दिनुभयो । कार्यक्रममा कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, उपप्रमुख सिता काफ्ले लामिछाने, महासमिति सदस्य मिना केसी लगायतले बोल्नुभएको थियो । नेपाली काँग्रेस प्रदेश सभा क का सचिव कृष्णप्रसाद लामिछानको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा धन्यवाद मन्तव्य नेपाली काँग्रेस मोदी गाउँपालिका संयोजक जिवनाथ तिमील्सीना, स्वागत मन्तव्य तिलाहारका सभापति गजेन्द्र बम मल्ल र कार्यक्रमका संचालन नेपाली काँग्रेस तिलाहारका सचिव निर्देश लामिछानेले गर्नुभएको थियो । यता प्रदेश सभा ख अन्तर्गत पवतको पैयु गाउँपालिका–४ हुवासमा सम्पन्न भएको कार्यक्रममा बोल्दै नेपाली काँग्रेस पर्वतका सभापति खिमप्रदसाद भुषालले नेपाली काँग्रेस एक हुनुको विकल्प नभएको जिकिर गर्नुभयो । उहाँले काँग्रेस भित्र एकता र भाईचारको सम्बन्ध स्थापीत हुनुपर्नेमा जोड दिँदै एकले अर्कोलाई सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले पछिल्लो समय जनताको बिचमा नेपाली कांग्रेसप्रतिको आकर्षण बढ्दै गएको बताउनु भयो । उहाँले टुटफुट र विभाजित मानसिकतालाई चिर्न जागरण अभियान सफल भएको बताउनु भयो । सभापति भुषालले जनजागरण अभियानका क्रममा सरकारका गलत कामको भण्डाफोर गर्नुका साथै स्थानिय तहहरुमा भइरहेको भ्रस्टाचारका विरुद्ध आवाज उठाइने समेत बताउनु भयो । केन्द्रिय प्रतिनिधी मेखलाल श्रेष्ठले काँग्रेसलाई एकतावद्ध बनाउन जागरण अभियान सफल भएको दावी गर्नुभयो । वर्तमान सरकारले जनतालाई महँगी, भष्ट्राचार र बलात्कार जस्ता उपहार दिएको बताउँदै जागरण अभियानले काँग्रेसलाई एक बनाउने र सरकारका गलत कामको भण्डाफोर गर्ने बताउनु भयो । कार्यक्रममा प्रदेश सभा ख का उम्मेदवार राजेन्द्रप्रसाद तिवारी, पैयु गाउँपालिकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारी, नेपाली काँग्रेसका महासमिति सदस्य गंगाधर तिवारी, पूर्व महाधिवेशन प्रतिनिधी रेखा गुरुङ लगायतले बोल्नुभएको थियो । नेपाली प्रदेश सभा ख का सभापति क्याप्टेन धनवहादुर थापाको सभापाितत्वमा सम्पन्न भएको कार्यक्रमको संचालन नेपाली काँग्रेस पर्वतका जिल्ला सदस्य अशोक उच्चै ठकुरीले गर्नुभएको थियो ।