प्रमुख समाचार

भिजन मन्टेश्वरी तालिम केन्द्रबाट करिव ८० जना विद्यार्थीहरु प्रशिक्षित

By लोकतन्त्र अनलाईन

August 18, 2019

पोखरा महानगरपालिका वडा नं. २७ लेखनाथमा अवस्थित भिजन मन्टेश्वरी टिचर्स टेनिङ सेन्टरबाट करिब ८० जना विद्यार्थीहरु प्रशिक्षित भएका छन् । उक्त संस्थाले गत वर्ष २०७५ भाद्र देखि यस वर्ष २०७६ भाद्र सम्म अर्थात एक वर्ष भित्रमा ८० जना नव प्रवेशी शिक्षक र शिक्षण पेशामा आवद्ध भएका शिक्षकहरुलाई तालिम प्रदान गरिएको जनाएको छ । उक्त संस्थाको वार्षिकोत्सव तथा प्रमाण पत्र वितरण कार्यक्रम पोखरा तालचोकमा सम्पन भएको छ । भिजन मन्टेश्वरी टिचर्स ट्रेनिङ सेन्टरका म्यानेजिङ डाइरेक्टर दुर्गा सिग्देल ज्यूलेको अध्यक्षतामा भएको कार्यक्रममा डाइमन सेकेन्डरी विद्यालयका डाइरेक्टर माधव शरण उपाध्याय, उद्योग वाणिज्य संघ, उद्योग तर्फका उपाध्यक्ष गीता तिवारी, क्यान कास्कीका अध्यक्ष्य युवराज पौडेल, मानव मिलन कन्द्रबाट सावित्रि शर्मा तथा उक्त संस्थाका सह सस्थापक बाबुराम न्यौपानेले लगायतका वक्ताहरुले संस्था र मन्टेश्वरीका बारेमा मन्तव्य व्यक्त गर्नु भएको थियो । उक्त कार्यक्रमको सन्चालन प्रविणा विश्वकर्माले गर्नु भएको थियो ।