प्रमुख समाचार

पर्वतको कुश्मामा रवि रिहाईको माग गर्दै जुलुस, सरकार बिरुद्ध नाराबाजी

By लोकतन्त्र अनलाईन

August 18, 2019

पर्वत– पत्रकार शालिग्राम पुडासैनिको मृत्यु प्रकरणमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानको रिहाईको माग गर्दै पर्वतको कुश्मामा जुलुस निकालीएको छ । स्थानीय केहि युवाहरुको समुहले जुलुस प्रदर्शन गरेको हो । कुश्माको वडागाउँदेखि शुरु भएको जुलुस लोकतान्त्रिक चोकमा पुगेर कोणासभामा परिणत भएको थियो । सो अवसरमा याम परियार शिव र शिशिर पौडेलले सम्वोधन गर्दै रविलाई तत्काल रिहाई गर्न माग गरेका थिए । उनिहरुले पत्रकार शालिग्राम पुडासैनिको मृत्युमा पत्रकार रबि लामिछानेलाई अनावश्यक मुछिएको बताएका थिए । कालो ब्यानर सहित निस्किएको जुलुसमा सरकार र प्रधानमन्त्री बिरुद्ध नाराबाजी गरिएको थियो ।