प्रमुख समाचार

विद्यालयमै शिक्षकको रक्सी पार्टी : प्रधानाध्यापकसहित चारजना पक्राउ

By लोकतन्त्र अनलाईन

July 17, 2019

चितवन : चितवनको एउटा विद्यालयमै रक्सी खाइरहेका प्राचार्यसहित शिक्षक र अन्य कर्मचारी रंगेहात पक्राउ परेका छन् । पूर्वी चितवनको रत्ननगर नगरपालिका–९ स्थित कपरखोरी माध्यमिक विद्यालयका प्राचार्यसहित चारजना शिक्षक कार्यालयमै मदिरा पिइरहेको अवस्थामा पक्राउ परेका हुन् । उनीहरुलाई स्थानीयले रंगहात नियन्त्रणमा लिई प्रहरीमा बुझाएका हुन् । पक्राउ पर्नेमा प्रधानाध्यापक विष्णु कटेल, सहायक प्रअ कृष्णबिलास ढुङ्गाना, लेखा अधिकृत बालकृष्ण पौडेल, व्यवस्थापन समितिका पदाधीकारी बलराम बगालेलाई प्रहरीलाई बुझाइएको स्थानीयले बताएका छन् । राति विद्यालयको कार्यालय कोठामा रक्सी र मासु खाएर हल्ला गर्दै गरेको देखेपछि समातेर प्रहरीलाई बुझाएको स्थानप्य एक युवाले बताए । कार्यालय कोठामा रक्सीका बोतल र गिलास साथै खानेकुरा छरपस्ट अवस्थामा भेटिएको स्थानीयले बताए । उनीहरुलाई इलाका प्रहरी कार्यालय टाँडीमा राखी अनुसन्धान भइरहेको छ।