प्रमुख समाचार

पर्वतको प्रसिद्ध मोदीवेणीधाममा साउन २७ गते विशेष धार्मिक मेला आयोजना

By लोकतन्त्र अनलाईन

July 17, 2019

पर्वत– प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल मोदीवेणीधाममा आगामी साउन २७ गते सोमवार भव्य पुजाआजा गरिने भएको छ । साउन महिनाको अन्तिम सोमबारको अवसरमा ६४ ज्योतिर्लिङ्गमा २१ जना ब्रामणहरु राखेर लघुरुद्री पाठ, अग्नी होमन, वेद पाठ, नारायणको पुजा, चण्डीपाठ लगायतका धार्मिक कार्यहरु गरिने भएको छ । उक्त धार्मिक कार्य सम्पन्न गर्नका लागि नृसिंह मन्दिर संरक्षण समितिको मंगलवार बसेको बैठकले खुमराज पराजुलीको अध्यक्षतामा समिति गठन गरेको छ । समितिका सदस्यहरुमा युवनाथ गौडेल रेग्मी, मानकुमारी गिरी, रत्नबहादुर खत्री, पुर्णप्रसाद ढकाल, पिताम्वर घिमीरे, गोपालदार पौडेल, सपना मल्ल, सिर्जना लामिछाने, उमा महेश्वर घिमीरे रहेका छन् । त्यस्तै भेलाले विभिन्न उपसमिति पनि गठन गरेको छ । आर्थिक उपसमितिमा गोपालदास पौडेल, प्रचार प्रसार ससिमतिमा युवनाथ गौडेल रेग्मी, पण्डित व्यवस्थापनमा पिताम्वर घिमीरे र प्रसाद तथा भोजन व्यवस्थापनमा केशवदास बैरागी रहनु भएको प्रचारप्रसार संयोजक रेग्मीले जानकारी दिनुभयो ।